0
गोल्डेन न्यूज संवाददाता
लेकसाइडको सडकमा दिनभर विभिन्न साँस्कृतिक समूहले नाचगान गरे भने दर्शकहरुले बसुन्धरा पार्कमा रमाइलोसंग दिन बिताए । रेवान पोखराद्वारा आयोजित १७ औं सडक महोत्सवमा मंगलबार मगरहरुको कौडा, पाल्पा रामपुरको धर्मोदय दशअवतार बालन, तथा चितवनका थारुहरुले थारु संस्कृती झल्किने साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे । उनीहरुले अम्मट, गौरिघाट, बाहारीघाट, हल्लनेचोक तथा खहरे लगाएतका स्थानहरुका सडकमै आ–आफ्नों प्रस्तुती दिएका साँस्कृतीक कार्यक्रम संयोजक चौबहादुर गुरुङ्गले जानकारी दिए । पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, तारापति सुवेदी, चोलेन्द्र पौडेल लगायतका कलाकारहरुले बसुन्धरा पार्कमा उपस्थित दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए । पपतर्फ रबिन एण्ड रेभुलेशनको प्रदर्शनी रह्यो । महोत्सवमा बुधबार बसुन्धरापार्कमा बद्री पंगेनी, पशुपति शर्मा, सर्मिला गुरुङ लगायतका राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ भने हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे), शिवहरी पौडेल लगायतका कलाकारहरुको प्रस्तुति रहने रेवानले जानएको छ । सडक महोत्सवमा मंगलबार खेलकुदतर्फ बोट रेश तथा वेटर रेश सम्पन्न भयो । बोट रेशमा सरोज कसाजु, प्रदेश कराजु र विमल भुजेल रहेको स्विमिङ्गपुल घाटप्रथम स्थान हाँसिल ग¥यो । बसुन्धरापार्क देखि बाराही मन्दिर घुमेर पुन त्यहि आउने दौड उनीहरुले २० मिनेट २८ सेकेण्डमा पुरा गरेका थिए । त्यस्तै देव आलेमगर, बिमल आलेमगर र बिमल गुरुङ्ग सम्मिलित बाराही घाट ‘बि’ले दोश्रो स्थान हाँसिल ग¥यो । धनबहादुर विक, केबल चौधरी र दिव्य मगर सम्मिलित बाराही घाट ‘सी’ ले तेश्रो स्थान हाँसिल ग¥यो । उनीहरुले क्रमश ः ८ हजार, ६ हजार र ४ हजार नगद सहित प्रमाणपत्र पुरस्कार प्राप्त गरे । प्रतियोगितामा विभिन्न १४ टिमले भाग लिएका थिए । उनीहरुलाई खेल संयोजक हरि भुजेल तथा अफिसियलहरु खेम गुरुङ्ग, एवन रञ्जित, कृष्ण गिरी र सुशिल पौडेलले पुरस्कार वितरण गरे । त्यस्तै, वेटर रेसमा पुरुषतर्फ प्याराडाईज रेण्टुरेण्ड एण्ड वारका रामलाल परिवार प्रथम, बेञ्जन रेष्टुरेण्टका मिलन विके दोश्रो र बेञ्जनकै असोक थापा तेश्रो भएका छन । महिलातर्फ गोर्खा रेष्टुरेण्टकी सरस्वती गुरुङ प्रथम भइन् । बेञ्जनकी श्रृष्टी थापा दोश्रो र प्याराडाईजकै कृसिका नेपाली तेश्रो भए । प्रतियोगितामा प्रथम हुनेले नगद ५ हजार, द्वित्तीय हुनेले ३ हजार तथा तृतीय हुनेले नगद २ हजार रुपैयाँका साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गरे । उनीहरुलाई रेवान पोखराका उपाध्यक्ष चौबहादुर गुरुङ्गले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा पुरुषतर्फ १५ र महिला तर्फ भने ८ जना सहभागी थिए ।











Post a Comment

 
Top