0
गोल्डेन न्यूज संवाददाता
नेपाल तरुण दल कास्कीले  पोखरामा विरोध ¥याली निकालेको छ । भारतद्वारा लगाईएको अघोषित नाकावन्दी खुल्ला गर, कालो बजारी र महंगी नियन्त्रण गर भन्दै विरोध ¥याली निकालेको हो। नपाली काङ्ग्रेस कास्की पार्टी कार्यालयबाट निकालिएको विरोध र्याली महेन्द्रपुल, चिप्लेढुङ्गा हुदै मानवअधिकार चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो। विरोध सभामा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद जीवन परियारले सरकारमा रहेका जिम्वेवार व्यक्तिहरुबाट गैर जिम्वेवारी अभिव्यक्ति आएकै कारण देशले यो अवस्था भोगेको बताए। यो विरोध भनेको सरकार गिराउनका लागि होईन उनले भने–अघोषित नाकावन्दी खुल्ला गर्न र कालोवजारी र महंगी रोक्न सरकारलाई दवाव दिनका लागि यो विरोध गरिएको हो। नागरिकका समस्या सुन्न नसक्नेलाई सरकारको दर्जामा राख्न नसकिने उनको भनाई थियो । नेपाली काङ्ग्रेसका नेता शुक्रराज शर्माले जव जव नेपालमा संकट पर्छ तव कांग्रेसका भूमिका महत्वपूर्ण रहने बताए ।
 
नेपालका हरेक संकटको समाधान गर्ने पार्टी भनेकै नेपाली काङ्ग्रेस हो उनले भने–जनतालाई दुःख परेको वेला काङ्ग्रेस नाफ नोक्सान नहेरीकन त्यसको समाधान गर्ने नेतृत्व लिनेछ। नेपाली काङ्ग्रेस कास्कीका सभापति तथा सांसद यज्ञबहादुर थापाले काल बजारी महंगी वढ्दै गएमा काङ्ग्रेस चुप लागेर नवस्ने बताए । अहिले आफन्त र नजिकका व्यक्तिले ओली पोट्रोल पम्प र पुन पेट्रोल पम्पमा तेल पाईने गरेको नागरिकको गुनासो आउने गरेको छ उनले सरकारप्रति व्यङ्ग्य गर्दै भने–यति यस्तो गतिविधि वढ्दै गएमा काङ्ग्रेस मुख दर्शक भएर वस्ने वाल छैन। नेपाली काङ्ग्रेस कास्कीका पूर्व सभापति सोभियतबहादुर अधिकारीले नेपाली काङ्ग्रेसको उपस्थिति नहुदा सम्म नागरिकले राहात पाउन नसक्ने बताए। कार्यक्रममा सांसद शारदा पौडेल तरुणदलका केन्द्रिय सदस्य ऋषिराम काफ्ले, कास्कीका अध्यक्ष मनोज गुरुङ, सचिव शंकर ढुड्डानाले पनि बोलेका थिए ।




Post a Comment

 
Top