0
पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका अभियन्ता डा.बावुराम भट्टराइले नयाँ शक्ति नयाँ विचारधाराका साथ अघि बढेको बताएका छन् । पोखरामा बिहीवार उनले मधेस आन्दोलन साम्य हुनासाथ यसलाई नयाँ पार्टी घोषणा गरेर अघि वढाउने बताए । नयाँ शक्तिलाई पुरानो रक्सी नयाँ बोतलमा भनेर अफवाह फैल्याउनेहरुलाई उनले नयाँ बोतलमा नयाँ रक्सी आफुहरुको शक्ति भएको प्रष्ट्याए । विशेष गरी एमाओवादीले आफूलाई बद्नाम गराउनका लागि नयाँ शक्ति पुराना कार्यकर्ता भर्ना गर्ने थलो भएको आरोप लगाएको वताउदै आफुहरुले कोहीकसैलाई कर लगाएर पार्टीमा लाग्न आग्रह नगर्ने उनले वताए । त्यसैगरी मधेश आन्दोलन संग जोडेर आफूलाई भारतीय एजेन्ट भन्नेहरुनै भारतीय एजेन्ट भएको भट्टराइले आरोप लगाए । मधेसी जनताले आफ्नो अधिकारका लागी आन्दोलन गरिरहदा भट्टराइले आन्दोलनलाई थप उर्जा दिएको भनेर भन्नु गलत भएको वताउदै मधेशी, महिला, दलित, मुस्लिम अल्पसंख्यकको पक्षमा आफू सदैव लागी परेकाले त्यस्तो झुटो आरोप लगाएको बताए ।

Post a Comment

 
Top