0
गोल्डेन न्यूज संवाददाता
बागलुङ समाज पोखराको सम्पन्न १६औंं साधारणसभा तथा आठौं अधिवेशनले जयबहादुर क्षेत्रीको अध्यक्षतामा दुई वर्षे कार्यकालको लागि ११ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ । अधिवेशनले उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः कुल चन्द्र शर्मा, विक्रम थापा, कृष्णा कुमारी श्रीस र रामप्रसाद पाण्डे त्यस्तै सदस्यहरुमा अनन्त सापकोटा, शिव प्रसाद पौडेल, राधिका खत्री, भवानी शंकर शर्मा, दिपक गुरुङ्ग र आरुणी आचार्यलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । कार्यक्रममा समाजका पूर्व अध्यक्षहरु भिम वहादुर श्रीसमगर, भानु शर्मा कँडेल, अमृतलाल श्रेष्ठ त्यस्तै उपस्थित आजीवन सदस्यहरुबाट समाजका पूर्व सचिव समेत रहेका आनन्दमणि रिजालले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।
 
समाजका सचिव ईश्वर खड्काद्वारा प्रस्तुत सचिवको प्रतिवेदन र कोषाध्यक्ष जय वहादुर क्षेत्रीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई व्यापक छलफल पछि आवश्यक सुझाव सहित पारित गरिएको थियो । समाजका पूर्व अध्यक्ष भानु शर्मा कँडेल संयोजक र अर्का पूर्व अध्यक्ष अमृतलाल श्रेष्ठ र बागलुङ समाज पोखरा वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष शान्ता गिरी सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचनको सम्पूर्ण काम सम्पादन गरेको थियो ।
समाजका नव निर्वाचित अध्यक्ष जयबहादुर क्षत्री र सचिव विक्रम थापाले प्रतिवद्धता मन्तव्य राखेका थिए भने समाजका निवर्तमान अध्यक्ष प्रा.डा. रवीन्द्र प्रसाद श्रेष्ठ त्यस्तै निर्वाचन मण्डलका संयोजक भानु शर्मा कँडेल, सदस्य तथा बागलुङ समाज पोखरा वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष शान्ता गिरीले बधाई शुभकामना दिएका थिए । सह–सचिव विक्रम थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव ईश्वर खड्काले गरेका थिए भने अध्यक्षता समाजका अध्यक्ष प्रा.डा. रवीन्द्रप्रसाद श्रेष्ठले गरेका थिए ।

Post a Comment

 
Top