0
गोल्डेन न्यूज संवाददाता
जिल्ला शिक्षा कार्यालय कास्कीका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले खेलकुदको असल चरित्र विकासको आधार भएको बताएका छन् । शनिवार पोखराको छोरेपाटनमा रहेको एसओएस हरमन माईनर विद्यालय को २८औं  स्पोर्टस मिट समापन समारोहमा बोल्दै अधिकारीले विद्यार्थीहरुको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराइ खेलकूदले शारीरिक तन्दुरुस्तीका साथ अगाडि बढ्न महत्वपूर्ण  भूमिका निर्बाह गर्ने स्पष्ट पारे । जिशिअ अधिकारीले मेहनत विनाको धन मानवता नभएको र्धम र विज्ञान तथा सत् विवेक नभएको ज्ञानको कुनै अर्थ नरहने भन्दै उत्साही मेहनति र फुर्तिलो विद्यार्थीले नै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने भएकोले त्यसै अनुरुपको शिक्षा प्रदान गर्न शिक्षकहरुलाई आग्रह गरे । कार्यक्रममा विद्यालयका प्राचार्य फुर्बु थिन्लेले विद्यालको विद्यार्थी रहेको स्मरण गर्दै एस ओ एस अन्तर्गतका विद्यालयहरु मध्येकै विशिष्ट विद्यालय बनाउन आफू र आफ्नो टीम लागिपरको बताए । 

स्पोर्टस मिटमा खेलकुद अन्तर्गत एथलेटिक्स, हाइ जम्प, लङ्ग जम्प, रस्साकसी, रिले, आलु दौड, बेलुन फुटाउने, लगाएतका विभिन्न खेलहरु तहगत रुपमा सम्पन्न भएका थिए । विजयी विद्यार्थीहरुलाई जिशिअ अधिकारीलेले ट्रफी, प्रमाणपत्र र पुरस्कार वितरण गरेका थिए । खेलकुद शिक्षक थुप्तेन छिरिङको निर्देशनमा  सञ्चालन गरिएको खेलकुदको समापन समारोहको सञ्चालन उगेन दावा, र छिरीङ युडोनले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा सहायक प्राचार्य हरि चन्द्र सापकोटा, क्याम्पस प्रमुख छिलटुम दोर्जेले पनि बोलेका थिए । एस ओ एस हरमन माइनर विद्यालय अन्तर्गत पोखराको पृथ्वीचोक, हेम्जा, रानीपौवा, पामे तथा तनहुँको दुलेगौंडा र हिमाली भेगको ढोरपाटन बाट कक्षा ६ र ८ मा विदार्थीहरु आउने गरेका छन् । स्थानीय रुपमा गरिब जेहेन्दार तथा निम्न वर्गका विदार्थीहरुलाई समेत पढ्ने अवसर प्रदान गरिएकोे प्राचार्य फुर्वु थिन्लेले बताए  । पोखराको छोरेपाटन सात कक्षासम्म र घारीपाटनमा १२ कक्षासम्म गरी संचालन गरिएको छ भने अंगे्रजी, नेपाली र तिब्बतीयन भाषामा समाबेशी शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयमा हाल झन्डै ६ सय विद्यार्थीहरु अध्ययनरत छन् ।


Post a Comment

 
Top