0
राजाराम पौडेल÷गोल्डेन
फिल्मी सिटी’ को राम्रो गन्तव्य भएपनि यस्को पहल गर्ने नेतृत्व हुन नसक्दा फिल्म सिटिको रुपमा पोखरा स्थापित हुन सकेको छैन । हुन त फिल्म सिटि बनााउनका निम्ति भनेर पोखराको चर्चा बेला–बेलामा हुँदै नभएको भने होइन । पोखरेली मात्र नभएर निर्माता, कलाकार, पत्रकार लगातकाले समेत फिल्म सिटिको रुपमा पोखरालाई विकास गर्नुपर्छ भनेर गरेको लविङ पर्याप्त भएन ।

पोखरालाई सुटिङ स्पट बनाउन भन्दै तत्कालिन चलचित्र विकास बोर्डबाट निर्माण समिति संयोजक उदय सुब्बा नेतृत्वको टोलीले धिताल–८ को उपल्लो अस्तामस्थित धुवाउनेको वन क्षेत्रको अवलोकन गरिएपनि काम अगाडि बढ्न सकेन ।  त्यस समयमा इञ्जिनियरको टोलीले समेत उपल्लो अस्तामलाई इनडोर सुटिङ्गका लागि जयकोटको तुलनामा उपर्युक्त ठानेको थियो । फिल्मी सिटि बनाउनको लागि भन्दै दुई सय रोपनी क्षेत्रफल छुट्याइएको भएपनि पहल गर्ने नेतृत्व नहुँदा काम अगाडि बढ्न सकेन  । हाल सरकारले दोलखालाई फिल्म सिटि बनाउन भन्दै केहि रकम खर्च गरिसकेको छ ।

 पोखरालाई फिल्म सिटि बनाउन विभिन्न क्षेत्रबाट पहल भएपनि केन्द्रको चलखेलका कारण त्यो सम्भव हुन नसकेको चलचित्र पत्रकार संघका केन्द्रिय अध्यक्ष शान्तिप्रिय बताउँछन् । ‘पोखरालाई फिल्म सिटि बनाउनु पर्छ भनेर फिल्मकर्मीले भन्ने गरेपनि केन्द्रको चलखेलका कारण यो सम्भव भएन’ उनले भने । पोखरालाई फिल्म सिटीको रुपमा विकास गर्न पोखरेली फिल्म प्रेमीले दबाब दिनुपर्नेमा उनको जोड छ ।
यता पोखरा फिल्म सोसाइटिका अध्यक्ष घनश्याम लामिछाने पहल गर्ने व्यक्तिको कमीले पोखरा फिल्म सिटीको रुपमा विकास हुन नसकेको बताउँछन् । ‘फिल्म क्षेत्रको विज्ञ व्यक्ति पोखरामा नभएर राज्यलाइृ प्रेसर परेन’ उनी भन्छन् । राजनीतिक दलका व्यक्क्तिले फिल्म सिटि बनाउन पहल नगर्ने र फिल्मकर्मी आफ्नै काममानै व्यस्त भएकोले यो अवस्था आएको उनको बुझाइ छ । अब फिल्मकर्मी, पत्रकार र राजनीतिक दल सबै मिलेर पोखरालाई फिल्म सिटि बनाउने अभियानमा जुट्नुपर्ने उनको तर्क छ ।

फिल्म लागि आवश्यक पर्ने दृश्यदेखि लिएर बस्न खानको लागि राम्रो प्रबन्ध छ पोखरामा । छायाँकनमात्र हैन प्रायः फिल्म रिलिज पनि पोखराबाटै हुने गर्दछ । नेपाली फिल्म मन पराउने दर्शकको संख्या यहाँ निकै धेरै छ । पोखराको मनोरम दृश्य समावेश गरेका कारण फिल्मले व्यापार राम्रो गर्ने गरेको अधिकांश निर्माता निर्देशक स्विकार्छन् पनि । त्यसैले त नेपाली फिल्मका लागि प्रकृतिले बनाएको प्राकृतिक स्टुडियोको रुपमा पोखरालाइ लिने गरिन्छ । सेतै टल्लक टल्कने मनोरम हिमाल, ताल–तलैया, छाँगा, झरना, गुफालगायतका रमणीय स्थल यहाँ छन् । दैनिक जसो यी सुन्दर दृश्य आफ्नो फिल्मको लागि क्यामरामा कैद गर्न लालायीत छन् फिल्मकर्मी । यहाँ जस्तोसुकै एङ्गलमा पनि खिच्न पाइने, जता फर्के पनि रमणीय दृश्य हुने गरेको कारण फिल्मकर्मी पोखरामा सुटिङ गर्न मन पराउँछन् ।

दैनिकजसो फिल्मको छायाँकनले पोखराको सौन्दर्यलाई देश विदेशमा पु¥याएको छ । ठूला बजेटका फिल्म हुन् या साना–साना भिडियो फिल्म विभिन्न टेलिफिल्मको छायाँकन समेत यहाँ हुने गर्दछ । पोखरामा इन्डोर सुटिङको व्यवस्था समेत भएकोले यहाँ फिल्मको छायाँकन हुन सहज भएको फिल्मकर्मी बताउँछन् । स्वदेशीमात्र हैन विदेशी फिल्मको छायाँकन पोखरामा र्भसकेको छ । हलिउड फिल्म हाइ वे टु धम्पुस बंगलादेशी फिल्म रिभेन्ज, बलिउडको फिल्म लभ इन नेपाल, इश्क इश्क, थाइल्याण्डी फिल्म टु बि लभ लगायतका विदेशी फिल्मको छायाँकन समेत पोखरामा भईसकेको छ । केहि समय अघि सम्म नेपालमा बन्ने झण्डै ६० प्रतिशतको छायाँकन पोखरामाा हुने गरेको भएपनि हाल यो संख्या घट्दै गएको छ । २०२३ सालमा छायाँकन भएको फिल्म माइतीघर बाट हालसम्म सयौं फिल्मको छाँयाकन यहाँ भैसकेको छ । पोखरेली निर्माता रहेको फिल्म, विभिन्न भाषभाषीको फिल्म र म्युजिक भिडियोको छायाँकन तर्फको चाप बढेपनि केन्द्रबाट बन्ने गरेका फिल्मको छायाकंनमा भने कमि आएको छ ।

फेवाताल, वेगनासताल, रुपाताल, पातले छागो, शान्ति स्तुप, महेन्द्रगुफा, विध्यवासीनी मन्दिर, सराङकोट, तालबराही मन्दिर, बौद्ध गुम्बा, धम्पुस, कालिका, घान्दुक, सिक्लेस, खिलाङ, थाक, पार्चे, याङजाकोट, माछापुच्छ«े मनास्लु, गौरीशंकर, अन्नपूर्ण लगायतका हिमश्रृंखलाका मनमोहक दृश्यले यसको आर्कषण बढाएको हो ।
पोखरामा विध्यवासिनी, बाराहि (क), बाराहि (ख), कल्पना, श्रीकृष्ण, पोखरा सिने प्लेक्स सिनेमा हल (१), पोखरा सिने प्लेक्स सिनेमा हल (२) र पूर्र्णिमा हल सञ्चालनमा छन् । फिल्म चल्न छोडेकाले केहि हल बन्दसमेत भएका छन् । उता सात तालकौ वाटिका शहर लेखनाथमा मन्दिप मिलन चलचित्र मन्दिर सञ्चालनमा छ । प्रविधिको विकास सँगै पोखरामा सिक्स डि र एट डि चलचित्र हल सञ्चालनमा आए पनि दर्शकको आर्कषण  त्यसले तान्न सकेन ।
लेखनाथ नगरपालिकाको रिठ्ठेपानीमा इण्डोर सुटिङ हलको व्यवस्था छ । फिल्मका लागि आवश्यक सामग्रीसमेत भएको होटल, कलेज, अस्पताल, कैदिखाना तथा नेपाली परिवेश झल्कने दृश्यहरु एकैठाउँबाट क्यामरामा कैद गर्न सजिलो  हुने गरेकोले इन्डोर सुटिङ स्थलमा समेत ५० भन्दा बढी चलचित्रको छायांकन भैसकेको  एवंम अधिकांश चलचित्र छायांकनका लागि त्यहाँ पुग्न इच्छुक हुने गरेको सिनेप्लाजाका सञ्चालक समेत रहेका उत्तम द्वाले बताए । वर्षभरीमा ८ जति गुरुङ्ग फिल्म, फाट्टफुट्टरुपमा मगर, तामाङ र अन्य भाषाभाषीका फिल्मको निर्माण पोखरामा हुने गरेको छ । यता पोखरामा श्यामशुक्ला फिल्म प्रोडक्सनले पोखरामा फिल्म छायाँकनका लागि सहज होस् भन्ने हेतुले आवश्यक पर्ने सबै सामग्री उपलब्ध गराउदै आएको छ । फिल्म छायाँकनको लागि चाहिने सबै सामान यहीं उपलब्ध भएको कारण पनि फिल्म निर्माताले सहजता महशुस गरेका छन् ।
प्रतिक्रियाका लागि ः
उयउमष्बचथ२नmबष्।िअयm












Post a Comment

 
Top