गोल्डेन न्यूज संवाददाता
पोखरा–१२ स्थित शितलादेवी सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई गणित, विज्ञान तथा प्रविधिमा सीप अभिवृद्धि गर्ने उद्देश्यले महिला सशक्तिकरण नेपालले गल्र्स स्ट्रीम प्रोजेक्ट संचालन गरेको छ । संस्थाकी संयोजक अर्चना कार्की तथा सदस्यहरु लक्की क्षेत्री, मनु हिराचन, केशव पराजुली, संचिता रेग्मी र मनु कुँवरको विशेष उपस्थितिमा कार्यक्रम शुभारम्भ भएको थियो । प्रोजेक्टले शितलादेवी उ.मा. वि. र सरस्वती नि.मा.वि.का कक्षा ६, ७, ८ मा अध्यनरत करिब ९० जना छात्राहरुलाई प्रत्येक शुक्रवार २ बजेदेखि ४ वजेसम्म अतिरिक्त्त कक्षा मार्फत प्रयोगात्मक र अत्याधुनिक प्रविधिको प्रयोग सहित कक्षा संचालन गर्ने भएको हो ।
शितलादेवी सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिका वहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्र.अ.बाबुराम अधिकारी शैक्षिक योजना संयोजक टिकाराम कोईरला समाजसेवी भद्रकुमारी वसेलले कार्यक्रमको सफल्ताको शुभकामना दिएका थिए भने कार्यक्रमको संचालन शिक्षक बोधराज गौतमले गरेका थिए । कार्यक्रममा सस्थाको तर्फवाट शितलादेवी सामुदायिक विद्यालयलाई १० थान ल्यापटप कम्प्युटर तथा शैक्षिक सामाग्रीहरु समेत प्रदान गरएिको थियो । कार्यक्रमका लागि विद्यालयका विज्ञान शिक्षक दुर्गा प्रसाद सुवेदी, कम्प्युटर शिक्षक दिपेन्द्र पौडेल र गणित शिक्षक विकास न्यौपानेलाई संस्थाले यस अगाडि नै अभिमुखिकरण तालिम दिईसकेको छ ।
Post a Comment