0
गोल्डेन न्यूज संवाददाता
जनसरोकार मञ्च कास्कीले पश्चिमाञ्चल क्षेत्रीय प्रशाशन कार्यालय पोखरा र जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापन पत्र वुझाएको छ। सर्वसाधरणका लागि सर्वसुलभ र पारदर्शी ढंगले पेट्रोलियम पदार्थ र अन्य दैनिक उपभोग्य सामाग्रीको उपभोग र बितरणमा समय सापेक्ष अनुगमन, निर्देशन र नियमन गर्नु आवश्यक ठान्दै सर्बसाधरणको हित तथा सरोकारवालाहरुको तर्फबाट उचित व्यवस्थापनका लागि ज्ञापन पत्र पेश गरिएको हो ।
 
जनसरोकार मञ्च कास्कीका संयोजक नबिन सिग्देलको नेतृत्वमा गएको एक टोलीले पश्चिमाञ्च क्षेत्रिय प्रशाशक केदारबहादुर अधिकारी र कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतलाई ज्ञापन पत्र पेश गरेका थिए । ज्ञापन पत्रमा भारतको अघोषित नाकबन्दी पछि विभिन्न वाहान बनाएर ब्यापारी तथा ब्यवसायीहरुले ब्यापक रप्मा एकलौटी मूल्य निर्धारण गरि कालोबजारी गरेको गुनासो आएकोले अनुगमनलाई तिव्रता दिन आग्रह गरिएको छ। हरेक क्षेत्रमा फस्टाउँदै गएको कालाबजारीले सर्वसाधरणको दैनिकी कष्टकर बन्दै गएको छ। चरम इन्धन अभावका कारण वालावलिका विद्यालय जान पाएका छैनन्। उद्योग कलाकारखान वन्द भएका छन् । सरकारी सेवा समेत प्रभावित बनेको छ। छिटफुट चलेका साधनहरुले मनपरि भाँडा असुल्ला जनताले सास्ती खेप्नु परेको छ। समयमा नै मल विउ नपाउदा कृषकहर अझै मर्कामा परेका छन् ।
 
आधा तौलको ग्यास पाउन पनि सर्वसाधरण चीसो सडकमा हप्तौ कुर्न वाध्य छन् विज्ञप्तिमा भनिएको छ–आम सर्वसाधरणको हितका लागि प्रशाशनबाट समय सापेक्ष अनुगमन, निर्देशन र नियमन गर्न आवश्यक छ। ज्ञापनपत्र वुझ्दै पश्चिमाञ्चल क्षेत्रीय प्रशासक केदारबहादुर अधिकारीले सर्वसाधरणको हितका लागि सधै प्रशासन लागि पर्ने बताए । तपाईहरुले जायज विषय लिएर आउनु भएको छ उनले भने– तपाईहरुका यिन सुझावहरुलाई मध्यनजर गरेर प्रशाशन अगाडि बढ्ने छ।त्यस्तै विज्ञप्ति वुझ्दै जिल्ला प्रशाशन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले आपूर्ति भन्दा माग धेरै भएकोले यो समस्या आएको बताए । देशको विकराल परिस्थितिमा यस क्षेत्रमा चाहे जति सामाग्रीहरु आउन सकेको छैन उनले भने–जति आएको छ त्यो प्रयाप्त छैन तर प्रशाशनले यसलाई मिलाएर वाढ्दै आएको छ। राष्ट्रको यस विसम परिस्थिलाई वुझेर सरोकारवालाहरु पनि यस विषयमा गम्भीर हुने उनले आग्रह गरे । ज्ञापन पत्र वुझाउन इन्सेका शिव खकुरेल, अग्रज अधिकारकर्मी कृष्णप्रसाद बराल, गैसस महासंघ कास्कीका उपाध्यक्ष पदम पहारी, भूमि अधिकार मञ्च कास्कीका अध्यक्ष आशबहादुर गुरुङ, शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीकी संयोजक सरलाकुमारी पाण्डे, महिला मनाव अधिकार रक्षक सञ्जालकी जमुना शर्मा, सि डब्लु इ एसकी कार्यक्रम संयोजक दुर्गा शर्मालगायतको टोली सहभागि रहेको थियो । 
जनसरोकार मञ्च कास्कीले जनसरोकारका समस्याका विषयमा प्रशाशनलाई ज्ञापन पत्र वुझाउदै आएको छ।




Post a Comment

 
Top