0
 कविशिरोमणि लेखनाथ पौड्यालको १३२आंै जन्म जयन्तीको दोश्रो दिन राखिएको विद्यालय स्तरीय खुल्ला कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको हो ।  त्रिदिवसीय लेखनाथ जयन्ती अन्तरगतको दोश्रो दिन मंगलवार भएको प्रतियोगितामा गोगन उच्च मा.वि.की सन्ध्या पौडेलले प्रथम स्थान प्राप्त गरेकी छन् भने डायमण्ड उच्च मा.वि.की अनुजा ढुंगाना दोश्रो, जुनियर सिटिजन्स एकेडेमीकी अम्विका ओझाले तृतीय स्थान र गोगन उच्च मा.वि.कै रक्षा पण्डित सान्त्वना भएकी हुन् । प्रतियोगितमा २१ जना विद्यार्थी सहभागी भएको सो प्रतियोगितामा माटोको माया शीर्षक दिइएको थियो । कार्यक्रमको उद्घाटन गर्दै समालोचक प्राध्यापक डा.रविलाल अधिकारीले प्रतिभा प्रष्फुटनका लागि निरन्तरको अभ्यास तथा अध्ययन आवश्यक पर्नेमा जोड दिए । 
लेखनाथ लायन्स क्लवको संयोजनमा भएको प्रतियोगितामा लायन्स क्लवका जोन चेयर पर्सन रमेश वहादुर खत्री, कविशिरोमणि जन्मस्थल विकास समितिका अध्यक्ष विश्व प्रकाश लामिछाने, लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकाल, डायमण्ड उ.मा.वि. का व्यवस्थापक हरि लामिछाने, लयान्स क्लव अफ लेखनाथका प्रथम उपाध्यक्ष नवराज खनाल लगायतले लेखनाथ नगर क्षेत्रलाई कवि कुञ्जका रुपमा विकास गराउनु पर्नेमा जोड दिएका थिए । 
प्रतियोगिताको निर्णायकहरुमा साहित्यकार तारा प्रसाद तिमल्सेना नवराज अधिकारी र सुरेश रानाभाट रहेका थिए । 
लायन्स क्लव अफ लेखनाथका अध्यक्ष मेजर रामप्रसाद गुरुङ्गको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको सञ्चालन सचिव बुद्धि वास्तोलाले गरेका थिए भने स्वागत मन्तव्य कार्यक्रम संयोजक शिव प्रसाद लामिछानेले गरेका थिए । यसै गरी पुस १५ गते बुधवार मुल समारोहको उद्घाटन कवि शिरोमणिको जन्म स्थल अर्घो अर्चलेमा नेपाल सरकारका मुख्य सचिव डा.सोमलाल सुबेदीको उपस्थितिमा हुने भएको छ ।




















Post a Comment

 
Top