0
गोल्डेन न्यूज संवाददाता
प्राथमिक उपचार र सडक सुरक्षाबारे चारदिने तालिम पोखरामा शुक्रवार सम्पन्न भएको छ । सो अवसरमा बोल्दै नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति डोलराज पाण्डेले  दुर्घटना वृद्धिसँगै प्राथमिक उपचारको महत्व बढ्दै गएको बताए । उपशाखा २÷३ उपशाखाका सभापति खगेन्द्र पराजुलीले दुर्घटनापछि  प्राथमिक उपचारमा लाग्न सहभागिलाई आग्रह गरे ।  शाखाका उपनिर्देशक खेमराज सापकोटाले दुर्घटनामा परि घाइते भएका विरामीलाई प्राथमिक उपचार प्रदान गर्नाले थप जटिल हुनबाट जोगाउन सकिने बताए। नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालय प्राथमिक उपचार महाशाखा प्राथमिक उपचार र सडक सुरक्षा परियोजनाका कार्यक्रम संयोजक सुशिलराज रेग्मीले सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गरे । कार्यक्रममा २४ जनाको सहभागिता रहेको थियो । तालिममा खेमराज सापकोटा, मोहनसिंह खड्का, मिना सुवेदी, नवराज भण्डारी, रेखा ढकालले सहजिकरण गरेका थिए । सहभागीको तर्फबाट भीमा पौडेल र गणेशप्रसाद पोख्रेल, प्राथमिक उपचार र सडक सुरक्षा कार्यक्रमकी फिल्ड को–अर्डिनेटर प्रतिभा सापकोटालगायतले प्राथमिक उपचारको महत्ववारे बोलेका थिए । नेपाल रेडक्रस सोसाईटी कास्की शाखा प्राथमिक उपचार र सडक सुरक्षा कार्यक्रम अन्तर्गत सो कार्यक्रम कास्कीमा कोत्रेदेखि लुम्लेसम्म सञ्चालन भइरहेको छ ।  कार्यक्रम अन्तर्गत हालसम्म १२ वटा तालिम सम्पन्न भएको छ । 



Post a Comment

 
Top