0
गोल्डेन न्यूज संवाददाता
जिल्लाको सुन्तलाको अवस्थाका बारमा जानकारी लिने उद्देश्यले जिल्ला कृषि विकास कार्यालय स्याङ्जाको आयोजनामा मंगलबार सुन्तला सम्बन्धी अन्तत्र्रिmया सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै क्षेत्रीय कृषि निर्देशनालय पोखराका वरिष्ठ कृषि प्रसार अधिकृत हृदयनाथ घिमिरेले सुन्तला कृषकले पेशाको ब्यवसायीकरण र बगैंचा सुदृढिकरणमा ध्यान दिए आय आर्जनका लागि विदेश भौतारिनु नपर्ने बताए । कार्यक्रममा सुन्तला उत्पादक संघका अध्यक्ष फणिनारायण अर्यालले पनि बोलेका थिए । कार्यक्रममा सुन्तला बगैंचा सुदृढिकरण सम्बन्धी वरिष्ठ कृषि विकास अधिकृत तेजप्रसाद दवाडी, रोग किरा ब्यवस्थापन सम्बन्धी वाली संरक्षण अधिकृत बिष्णुबहादुर क्षेत्री र सुन्तला बगैंचा ब्यवस्थापन सम्बन्धी वागवानी विकास अधिकृत तीलकबहादुर केसीले छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा ५० जना किसानको सहभागिता रहेको थियो । वरिष्ठ कृषि विकास अधिकृत तेजप्रसाद दवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वागबानी विकास अधिकृत तिलकबहादुर केसीले गरेका थिए ।

Post a Comment

 
Top