0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीले स्याङ्जा पुतली बजार ७ नागडाँडा स्थित सरस्वती उच्च मा.वि. मा खानेपानी ट्याङ्की हस्तान्तरण गरेको छ । २ हजार लिटर क्षमताको स्टेण्ड समेत निर्माण गरि खानेपानी ट्याङ्की, प्लम्बिङ, घारा जडान लगायत टायल सहित करिब  १ लाख ३० हजार रुपैयाँ बराबरको लागतमा काम सम्पन्न गरि विद्यायलयलाई हस्तान्तरण गरेको हो । लायन्स इन्टरनेशनल ३२५ पाष्ट मल्टिपल काउन्सिल चेयर पर्सन प्रेम बहादुर श्रेष्ठको प्रमुख अतित्थ्यमा सम्पन्न कार्यक्रममा बाल्दै प्रमुख अतिथिको श्रेष्ठले लायन्सले गर्ने सामाजिक कार्य मध्ये सबै भन्दा उत्कृष्ट कार्य अलायन्स क्लव अफ पोखरा न्यूरोड चौतारीले गरेको बताए । उनले विद्यालयमा धेरैपटक आउने अवसर मिलेको भन्दै विद्यालयलाई लायन्सहरुले पटक–पटक सेवा गरेकोले विद्यालयको मुहार फेरिएको आफूलाई महसूस भएको बताए ।  विशिष्ट अतिथि सयुक्त राज्य अमेरिकाका नेभी चिफ पेट्टी अफिसर भिमसेन श्रेष्ठ आफू यस कार्य प्रति धेरै खुशी भएको भन्दै  भविष्यमा पनि यस्ता सामाजिक कार्यमा आफूले सक्दो सहयोग गर्ने जानकारी गराए । लायन्स डिष्ट्रिक एडभाइजर दिनबन्धु पौडेलले यस खानेपानी ट्याङ्की विद्यालयको सम्पत्ति भएकोले यसको संरक्षणको जिम्मा विद्यालय परिवारको हुनु पर्दछ भन्दै आगामी दिनमा विद्यालयलाई आवश्यक पर्ने शैक्षिक सामग्रीहरु प्रदान गर्दै जाने बताए   । जोन चियर पर्सन कृष्ण अधिकारीले लायन्स न्यूरोड चौतारीको थुप्रै कार्यक्रमा सहभागी भएपनि ट्याङ्की हस्तान्तरण कार्यक्रम निकै प्रभावकारी भएको र डिष्ट्रिक्ट गर्भनरको मुख्य कार्यक्रम अन्तर्गत परेकोले पनि न्यूरोड चौतारीलाई धन्यवाद दिए । विद्यालयका प्राचार्य राजेन्द्र पौडेलले यस लायन्स क्लबले हाम्रो विद्यालयमा गरेको यस कामको हामी उच्च कदर गर्दै यसको संरक्षण गर्ने हाम्रो कर्तब्य भएको बताए । लायन्स क्लब अफ पोखरा न्यूरोड चौतारीका अध्यक्ष दिपकराज घिमिरेले खानेपानी निर्माणमा अहिलेको असहज कठिनाई परिस्थितिमा लागत केहि बढ्न गएकोले विद्यालय समितिको ठूलो सहयोगले समयमा नै काम सम्पन्न भएकोमा खुशी ब्यक्त गरे । विशेष गरि आर्थिक सहयोग गर्ने अमेरिका टेक्सास निवासी श्रवण श्रेष्ठ, समन्वय गर्ने क्लबका पि.आर.ओ. नरेन्द्र श्रेष्ठ एवं कोषाध्यक्ष तुलसी प्रसाद पोखरेललाई अध्यक्ष घिमिरेले धन्यवाद ज्ञापन गरे । क्बलका संस्थापक अध्यक्ष बलराम बडालले स्थापनाको छोटो अवधिमा नै उल्लेखनीय काम गरेको जानकारी गराउदै उपस्थित सम्पूर्णलाई धन्यवाद ब्यक्त गरे भने स्वागत मन्तब्य उपाध्यक्ष पवित्रमणि पोखरेल, ध्वजाको अभिवादन कोषाध्यक्ष तुलसी पोखरेल र कार्यक्रम सञ्चालन द्वितीय उपाध्यक्ष ध्रुव रेग्मीले गरेका थिए ।



Post a Comment

 
Top