0
जिल्ला वन कार्यालय कास्कीका वन अधिकृत प्रभात सापकोटाले हरियो वन नेपालको धन भनेको अहिलेको परिस्थितिमा संकटको सम्पत्ति वन भएको बताएका छन्। पचभैया सामुदायिक वन उपभोक्ता समिति लेखनाथ–११ को १५औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै सापकोटाले देशमा सृजित ईन्धनको अभाव भईरहेका बेला बैकल्पीक इन्धनका रुपमा वन पैदाबरले महत्वपूर्ण भूमिका निर्वाह गरेकाले वनलाई संकटको सम्पत्तिका रुपमा लिईएको बताएका हुन्। उनले वनलाई दाउरा र घाँसको रुपमा मात्र नहेरी वन पैदावारलाई आय आर्जनका रुपमा विकास गराउनु पर्ने सोच अनुसार यस क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको चिडिया घर निर्माणको योजनामा वन कार्यालयको तर्फबाट सक्दो सहयोग गर्ने वचनवद्धता समेत ब्यक्त गरेका थिए।
कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय चिडिया घर निर्माणका संयोजक हिमालय बख्रेलले वन क्षेत्रको संरक्षण गर्दै पोखराको पर्यटकीय विकासका लागि चिडिया घरको अवधारणालाई अगाडि वढाईएको र यसमा सबैको सहयोग र सद्भाबको आवश्यकता रहेकोमा जोड दिएका थिए। पचभैया सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मोहन घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ नगरपालिका कानुनी सल्लाकार राममणि अधिकारी, लेखनाथ उद्योग बाणिज्य संघका द्वितिय उपाध्यक्ष बलराम ढकाल, वडा नागरिक मञ्चका संयोजक दिननाथ ढकाल, सम्मानितहरुको तर्फबाट संकर पौडेल र उपभोक्ता समितिहरुको तर्फबाट दामोदरभक्त थापा लगाएतले लेखनाथमा चिडिया घर निर्माणको अभियानमा जुट्न सवैलाई आग्रह गरेका थिए। समितिका सचिव तारामणि घिमिरेले प्रगति प्रतिबेदन पेश गरेको सो कार्यक्रममा कोषाध्यक्ष लक्ष्मण अधिकारीले आर्थिक प्रतिवेदन,उपाध्यक्ष विन्दु परियारले स्वागत र सदस्य दिपक अधिकारीले कार्यक्रम संचालन गरेका थिए।  


Post a Comment

 
Top