0
गोल्डेन न्यूज संवाददाता
लामो तराई बन्द र नाकाबन्दीका कारण इन्धन र एलपी ग्यासको आवश्यक आपूर्ति नहुँदा विद्युतको प्रयोग बढ्दो छ । दैनिक ११ घण्टा बढी लोडसेडिङ हुँदा बिहान बेलुका एकैपटक सबैले विद्युतको उपयोग गर्दछन् । सबैले विद्युतीय उपकरणको एकै अत्यधिक उपयोग गरिदिंदा विद्युतको उच्च भारका कारण पोखरामा महिना दिनमै दुई दर्जन बढी टान्सफर्मर बिग्रिएका छन् । नागरिकले एकै समयमा उपकरणको अत्यधिक प्रयोग गर्न थालेसंगै पोखराका विभिन्न स्थानमा रहेका २६ वटा ट्रान्सफर्मर बिग्रिएको नेपाल बिद्युत प्राधिकरण प्राधिकरण पोखरा बितरण केन्द्रले जनाएको छ । बिग्रिएका ट्रान्सफर्मरमध्ये केहि जलेर कामै नलाग्ने अवस्थामा पुगेको छ भने कहि मर्मतपछि प्रयोगमा ल्याउन सकिने प्राधिकरण केन्द्र पोखराले जनाएको छ ।   

विद्युत प्राविधिकरण पोखरा वितरण केन्द्रका अनुसार पोखराको पृथ्वीचोक, नागढुङ्गा, सृजनाचोक, जिरोकिमी, रत्नचोक, रामबजार, बिरौटा, छोरेपाटन,पूmलवारी, अमरसिंहचोक, रानीपौवा, हस्पिटल चोक, बगर, महरियाटोल, बिन्ध्यवासिनी, लेकसाईड, हल्नचोक, बैदाम र राष्ट्रवैंकचोक लगायतका स्थानहरुमा नियमित जस्तै ट्रान्सफर्मर बिग्रिन पुगेका छन् । जसका कारण जनता समेत आजित भइसकेका छन् । छिनछिनमा वत्ति आउने र छिनछिनमै जाने भएका कारण महंगोमा किनिएका टिभि लगायतका इलोक्ट्रोनिक सामाग्री समेत साँडै विग्रिने गरेको नागरिकको गुनासो छ । 

नेपाल विद्युत प्राधिकरण खरिद विक्री केन्द्रले ट्रान्सफर्मर खरिद गर्न नसकेपछि मर्मतकै भरमा विद्युत आपूर्ति गर्दै आएको पोखरा केन्द्रले जनाएको छ । केन्द्रले केह िअघि ५ सय थान स्टक ट्रान्सफर्मर उपलब्ध गराएपछि केहि सहज भएको प्राविधिकरण पोखरा वितरण केन्द्रका प्रमुख सुरज गौतमले बताए । उनले भने–‘हामीसंग स्टकका ट्रान्सफर्मर समेत सीमितमात्रमा छन् । पुरानो बिग्रिएका ट्रान्सफर्मर मर्मत गर्न समेत समय लाग्छ ।’  पोखरामा एकैपटक धेरै ठाउँमा ट्रान्सफर्मर  बिग्रिएपछि त्यसलाई मर्मतका लागि हेटौडा औद्योगिक क्षेत्र लानुपर्ने बाध्यताले समयमै सेवा दिन नसकिएको उनले स्वीकार गरे ।  

 पोखरा केन्द्रका इन्जिनियर दिलिप मरासिनीका अनुसार विद्युत भारले ट्रान्सफर्मरमा अत्यधिक चाप बढेपछि ट्रान्सफर्मर पड्किने र जल्ने समस्या बढेको छ, पोखरा आसपासमा एकै दिन ४÷५ वटासम्म ट्रान्सफर्मर बिग्रिने गरेका छन् चने फ्यूज दर्जनौं ठाउँमा जाने गरेका छन् । यसबाट नागकिरमात्र होइन प्राधिकरणका कर्मचारीले समेत सास्ती व्यहोर्दै आएका छन् ।  ‘पोखरा क्षेत्रमा दैनिक जसो ट्रान्सफर्मर बिग्रने र दर्जनांै स्थानहरुमा विभिन्न समस्याहरु देखिन थालेपछि मर्मत सम्भार गर्न समेत कर्मचारीलाई हम्मे–हम्मे परेको छ, सीमित कर्मचारीलाई कामको चाप भएकाले सामान्य मर्मत गर्न समेत समस्या भएको छ’–उनले भने । केही दिनअघिमात्र पृथ्वीचोक र सृजनाचोकमा नयाँ ट्रान्सफर्मर जडान गरिएको उनले बताए ।

यता, विद्युतको बढी प्रयोग हुने समय बिहान बेलुका विद्युत प्रधिकरणले लोडसेडिङको समय बढाएर अन्याय गरेको सर्वसाधारणले गुनासो गर्दै आएका छन् । ‘प्राधिकरणले दैनिक ११ घण्टासम्म लोडसेडिङ गर्ने र बत्ति आएको समयमा पनि हाफलाईट मात्र आउने हँुदा निकै समस्या भएको पृथ्वीचोस्थित होटल हरिकृष्णका संचालक भिमसेन घिमिरेको गुनासो छ। ‘चाहिएको समयमा बत्ती नै आउँदैन, आएको समयमा समेत डिमलाईट आउछ । खाना पकाउने त कुरै छाडांै, ट्वाईलेट र बाथरुममा प्रयोग गर्ने समेत पानी भर्न नपाईने अवस्था छ’–उनको गुनासो छ ।  नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका अनुसार पोखरा क्षेत्रमा मात्र दैनिक ३२ मेगावाट बिजुलीको माग छ । तर यस क्षेत्रमा जम्मा १२ मेगावाट मात्र बिजुली आपूर्ति हुने गरेको छ । प्रधिकरण पोखरा केन्द्रबाट मात्र मासिक ७० हजार ग्राहकबाट ८ करोड रुपैयाँ बढी महसूल संकलन हुन्छ ।

Post a Comment

 
Top