0
गोल्डेन न्यूज संवाददाता
राप्रपा नेपाल कास्कीले भर्खरै मात्र पोखरा आएका पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीलाई ध्यानाकर्षण गराएको छ । राप्रपा नेपाल केन्द्रीय सदस्य तथा अञ्चल संयोजक रमेश बहादुर भट्टराईको संयोजकत्वमा पोखरा उपमहानगरपालिकामा गएको टोलीले पोखराको सरसफाईमा देखिएको समस्या, जनताले पार्नुपर्ने सेवा सुविधामा देखिने ढिलासुस्तीको तुरुन्त रोकथाम, घरजग्गाको मापदण्ड र नहर एवं तालको मापदण्डमा एकरुपता र व्यवहारिक गराउने एवं मापदण्ड विपरित निर्माण भएका घरहरुलाई कानुनी दायरामा ल्याउने लगायतका विविध विषयमा ध्यानकर्षण गराएको अञ्चल सचिव सूर्य बाँस्तोलाले जानकारी दिए ।उक्त अवसरमा जिल्ला अध्यक्ष जयलाल पुनले सार्वजनिक जग्गाहरुलाई राष्ट्रिय सम्पत्तिको रुपमा संरक्षण गरिनुपर्ने, नगरपालिकाका कर्मचारीहरुले जनताले दिने सेवा सुविधाहरु छिटो र सुलभ रुपमा गर्नुपर्ने र नगरपालिका जनतामुखि हुनुपर्नेमा जोड दिए । उनले नगरपालिकालाई जनतालाई सेवा सुविधा दिने विषयमा राप्रपा नेपालको सँधैं साथ रहने समेत बताए । 

उक्त अवसरमा पार्टी उपाध्यक्षहरु भोलाजंग सुवेदी, नेत्रबहादुर बस्नेत, भीम भण्डारी, बुद्धिमान दुरा धम्पु, क्षेत्रीय अध्यक्षहरु कृष्णराज अधिकारी, गिता गुरुङ्ग, प्रशिक्षण विभाग केन्द्रीय सदस्य बरुण बिक्रम राणा, मुस्लिम समाजका केन्द्रीय सदस्य अमिर मियाँ, राप्रपा नेपालका जिल्ला सदस्यहरु, भातृसंगठनका अध्यक्ष तथा पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो । यसअघि पनि राप्रपा नेपाल कास्कीले जिल्ला विकास समिति कास्की र लेखनाथ नगरपालिकालाई जनताको काम छिटो र छरितो सहज रुपमा गर्ने विषयमा ध्यानाकर्षण गराइसकेको छ । यसैबीच राप्रपा नेपाल कास्कीले राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठन नेपाल जिल्ला तदर्थ समिति कास्की गठन गरेको छ । राष्ट्रिय उत्पीडित उत्थान संगठन नेपालका केन्द्रीय सदस्य लाल बहादुर नेपालीको संयोजकत्वमा जिल्ला तदर्थ समिति गठन गरेको हो । तदर्थ समितिको अध्यक्षमा राजेन्द्र नेपाली, उपाध्यक्ष पूर्णलाल नविन, सचिवमा सन्त नेपाली, कोषाध्यक्षमा सन्तोष घले, सदस्यहरुमा बाबुराम विक, क्षेत्रबहादुर नेपाली, रेशम नविन, खड्गबहादुर परियार, मुल्मी परियार, प्रेम नेपाली, बुद्धिबहादुर नेपाली, शंकर नेपाली, युवराज नेपाली, फूलमाया जिसी, सुवदेव नेपाली, राधिका नविन, पवित्रा विक रहेका छन् । राप्रपा नेपाल कास्कीका जिल्ला अध्यक्ष जयलाल पुनको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपाध्यक्षहरु भोलाजंग सुवेदी, भीम भण्डारीले खादा तथा अविर लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

Post a Comment

 
Top