0
गोल्डेन न्यूज संवाददाता
पोखराको पुरानो टुडिखेलमा जारी १०आंै बिटी कपको दोश्रो दिन सात खेल सम्पन्न भएका छन । बुद्धटोल युवा क्लवद्वारा आयोजित बिटी कपमा आइतबार सम्पन्न पहिलो खेलमा काजीपोखरी फुटवल क्लवले टँुडिखेल फुटवल क्लवलाई ६ शुन्यको गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । खेलमा काजीपोखरीको तर्फबाट आशिष गुरुङले तीन गोल गरेका थिएभने आदर्श शाही, सुजन रुम्बा र राजकुमार परियारले एक एक गोल गरेका थिए । दोश्रो खेलमा रामबजार फुटवल क्लव र रेन्सु युनाइटेडको बरावरी गोल भएपछि ट्राइबेकरमा रेन्सीले दुइ एकको गोल अन्तर गर्दै रामबजाुर पुन टोल फुटवल क्लवलाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । त्यस्तै तेश्रो खेलमा राबजार युथ क्लवले तीन एकको गोल अन्तरले लामाचौर फुटवल क्लवलाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । खेलमा रामबजार युथ क्लवको तर्फबाट राजन रावलले दुइ गोल र सञ्जय बुढाथोकीले एक गोल गरेका थिए । लामाचौर फुटवल क्लवको तर्फबाट कुमार तामाङले सान्तवना गोल गरेका थिए । चौथो खेलमा अनुपम फुटवल क्लवलाई लामाचौर फुटवल क्लवले दुई–एक गोल अन्तरले पराजित गरेको छ । खेलमा लामाचौरको तर्फबाट खेम गुरुङ र अनमोल पुनले एक एक गोल गरेका थिए भने अनुपमको तर्फबाट उमेश मल्लले शान्तवना गोल गरेका थिए ।
पाचौं खेलमा नर्थ हर्न ले हेम्जा युनाइटेडलाई तीन शून्य गोल गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । खेलमा नर्थ हर्नको तर्फबाट बिशन गुरुङ, गोपी गुरुङ र विवेक गुरुङले एक एक गोल गरेका थिए । छैठो खेलमा नदीपुरले दुई शून्य गोल अन्तरले ईन्द्रेणी एकीकृत विकास केन्द्र लाई पराजित ग¥यो । खेलमा नदीपुरको तर्फबाट  सुनिल मल्लले दुइ गोल गरेका थिए ।
आइतबार सम्पन्न अन्तिम खेलमा मालेपाटन फुटवल क्लवले सिमपानी फुटवल क्लवलाई दुइ एक गोल अन्तरले पराजित ग¥यो । खेलमा मालेपाटनको तर्फबाट फोनस कार्की र सन्जिप बरालले एक–एक गोल गरे भने सिमपानीको तर्फबाट टकराज गुरुङले सान्त्वना गोल गरे । प्रतियोगितामा सोमबार सात खेल हुने भएका छन । 
सोमाबर गोर्खा गन्ज भर्सेस विष्णुपादुका हेम्जा, शितलादेवी भर्सेस रि युनाइटेड, एलजी एशोसिएशन भर्सेस न्यू जेनेरेशन, टुँडिखेल एफसी ए भर्सेस युनाइटेड माछापुच्छ«े घाचोक, बिटी ब्ल्यू भर्सेस कल्पेश्वर फेदी, लामाचौर ए भर्सेस एन वाइ सी रत्नचोक, कुंडहर एफसी भर्सेस रत्न समाज एफसी बीच खेल हुने आयोजकले जनाएको छ  ।







Post a Comment

 
Top