0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा फेवा लेकसिटीको आयोजनामा पोखरा उपमहानगरपालिका वडा नं. २४  अर्थात कृष्ति ८ मा रहेको धुवाँरकोट प्रािवमा निल्शुल्क आँखा जाँच तथा खेलकू कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्य सहित आयोजित कार्यक्रममा नाइट स्टेट कार्यक्रम पनि सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी जापानी नागरिक खाजु चोडा चामदालाई क्लवका दिनेशचन्द्र बाँस्तोलाले नेपालको पर्यटन प्रवद्र्धन बारे जानकारी गराएका थिए । कार्यक्रममा सहभागी लायन्सका प्रतिनिधि लगायतलाई स्थानीय आमा समूह तथा क्लवहरुले स्वागत एवं सम्मान गरेका थिए ।
त्यस अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि छविलाल शर्मा र जोन चियर पर्सन तोरणबहादुर कुँवरले आफूहरु गरिव, दिनदुःखीको सेवाका लागि हिंडेको बताएका थिए । उनीहरुले विभिन्न व्यक्ति, संघ–संस्थाहरुले गरेको सहयोग लिएर उक्त स्थानमा आएको बताए । 
कार्यक्रममा स्थानीय स्वयंसेवी कुमार गुरुङ, वडा सचिव प्रजापति बराल, सफल युवा क्लवकी अध्यक्ष आश्था गुरुङका साथै फेवा लेकसिटी लायन्सका ध्रुव भट्टराई, निरबहादुर थापा, बालकृष्ण न्यूरे, उपेन्द्र अधिकारी लगायतले क्लवको गतिविधिमा प्रकाश पारेका थिए ।  कार्यक्रम क्लवका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा भएको थियो ।


Post a Comment

 
Top