0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं. ४ को २०७३÷०७४ को योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । गोष्ठीले केन्द्रीय स्तरको १, नगर स्तरका ७ र वडा स्तरका ७ वटा योजना छनौट गरेको छ । वडा सचिव दुर्गा प्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाको तर्फबाट पोखरा उमनपाका संयन्त्र सदस्य चन्द्र बहादुर केसी प्रमुख अतिथि रहेका थिए । त्यस अवसरमा बोल्दै उनले टोलको विकास निर्माणमा टोलवासी, टोलमा क्रियाशील टोल विकास संस्थाका साथै महिला समूहहरु र नगरपालिकाको सहयोग अपरिहार्य भएको बताए । त्यस अवसरमा टोल विकास संस्था वडा समन्वय समिति पोखरा–४ का अध्यक्ष केशव पंसाद ढकाल, महिला समन्वय समितिकी अध्यक्ष भगवती कोइराला, वडा नागरिक मञ्चका संयोजक अनन्तराज लम्साल, वडा सचिव दुर्गा प्रसाद कोइरालाला लगायतले टोल विकास संसथाहरु मार्फत योजना छनौट गर्दा निकै सहज भएको बताएका थिए । गोष्ठीमा पोउमनपाका निमित्त कार्यकारी अधिकृत ओमराज पौडेल, प्रशासकीय अधिकृत अनन्तराज कोइराला,का साथै सुरेश प्रधानाङ्ग, सविता ढुङ्गाना, निर्मला गुरुङ, ज्ञानबहादुर कार्की, शंकरनाथ कोइराला, गोमादेवी कोइराला सुवेदी, देवकृष्ण काफ्ले, मंगलप्रसाद माकाजू, राजेन्द्र कुमार श्रेष्ठ, ईश्वर लिगल, लोकनाथ भण्डारी, इन्दिरा अधिकारी लगायतले योजना छनौट गर्नेक्रममा विभिन्न सुझाव दिएका थिए । कार्यक्रमको संचालन सामाजिक परिचालक दिव्यश्वरी चालिसेले गरेकी थिइन भने स्वागत एवं कार्यक्रम बारे जानकारी सविता ढुङ्गानाले गराएकी थिइन ।


Post a Comment

 
Top