0
गोल्डेन न्यूज संवाददाता
फूलवारी आमा समूह पोखरा– १५ को पहिलो वार्षिकोत्सवका अवसरमा नवनिर्मित खानेपानी ट्याङ्कीको उद्घाटन गरिएको छ । स्व पिता नरवहादुर बाँनियाको स्मृतिमा छोरा समाजसेवी तथा युवा उद्यमी तोरणबहादुर बाँनिया र बुहारी लक्ष्मी बाँनिया तथा घर परीवारका तर्फवाट खानेपानी निर्माण गरेका हुन् भने ओशो खानेपानीले बोरिङको शुद्ध खानेपनी निःशुल्क रुपमा प्रदान गरेको हो । खानेपानी ट्याङ्कीको उद्घाटन गर्दै समाजसेवी तोरण बहादुर बानियाँले पिताजीको स्मृतिमा केही सेवा गर्ने रहर पुरा गरेको भन्दै आगामी दिनमा समेत समाज सेवामा निरन्तरता दिने वताए । उनले धन सबैथोक नभई जीवनयापन गर्ने साधन भएका कारण कमाएको धनको केही अंश सेवामा समर्पण गर्नु मान्छेको धर्म भएको बताए । त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीस्य सदस्य सुष्मा पौडेलले जो मानिस बाचिन्जेल अरुलाई सेवा र उपकार गर्छ त्यही मानीस नै सबैभन्दा सुखी र धनी हुनेमा जोड दिंदै अरुलाई सेवा नगर्ने तर घरघडेरी मात्र जोड्ने मानिस हेर्दा धनी भएपनि गरिब हुने बताइन् । त्यस्तै वडाका पूर्व वडा अध्यक्षद्वय शिवबहादुर बाँनिया र मिनबहादुर गिरीले सेवा जस्तो ठूलो अरु धर्म नभएको कारण आफूले सक्दो सेवा गर्नुपर्नेमा जोड दिए ।

त्यस्तैगरि वडा समन्वय समितिका अध्यक्ष प्रकाश पौडेल, महिला समन्वय समितिका वडा अध्यक्ष पार्वती कार्की र महिला न्यायिक मञ्चका अध्यक्ष मिना भण्डारीले आमा समूहले छोटो समयमा समेत उल्लेख्य कार्य गरेको भन्दै प्रशंसा गरे । त्यस्तै व्रह्मकुमारी इशवरीय विश्व विद्यालयका व्रह्मकह्मारी रचनाले दानीलाई कहिल्यै हानी नहुने भएकाले दान गर्न कहिल्यै पछि हट्न नहुनेमा जोड दिइन् । अध्यक्ष विष्णु गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सावित्री वलीले स्वागत मंतव्य व्यक्त गरेकी थिइन भने कार्यक्रमको सञ्चालन सचिव इन्दिरा गिरीले गरेकी थिइन् ।

कार्यक्रममा खानेपानी निर्माण गरेर सहयोग गर्ने समाजसेवी तोरणबहादुर बाँनिया र पानी सहयोग गर्ने ओशो खानेपानीका संचालक विशाल गुरुङलाई सम्मान पत्र, दोसल्ला तथा मालाद्वारा सम्मान गरीएको थियो भने समाज विकासमा योगदान पु¥याउने समाजिक अभियन्ता सुष्मा पौडेललाई दोसल्ला माला र खादाद्वारा सम्मान गरीएको थियो । साथै समाजसेवी लक्ष्मी बाँनिया, प्रकाश पौडेल र पार्वती कार्की लगायतलाई माला र खादाद्वारा सम्मान गरिएको थियो ।


Post a Comment

 
Top