0
गोल्डेन न्यूज संवाददाता
पोखराको कसमस इन्टरनेशनल कलेजको आयोजनामा अतिरिक्त क्रियाकलाप अन्तर्गत, विद्यार्थीहरुमा रहेको अन्तरनिहीत प्रतिभालाई उजागर गराउन कलेजमा अध्ययनरत विद्यार्थीहरुका बिच चित्रकला तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा चित्रकला तर्फ बिस र बक्तृत्वकला तर्फ अठााईस जना सहभागी भएका थिए । चित्रकला प्रतियोगिता प्रतिमा गौतम प्रथम, सौगात परियार द्वितिय, महिमा तमाङ्ग र एकता रसाइली तृतीय, पवन अधिकारी र प्रतिक्षा रानाले सान्त्वना स्थान प्राप्त गरेका थिए भने बक्तृत्वकला प्रतियोतिगामा सौगात परियार प्रथम, स्मृति बानियाँ द्वितिय, बिक्रम आचार्य तृतिय, बर्षात पराजुली र एलिसा पराजुलीले सान्त्वना स्थान प्राप्त गरेका थिए । निर्णयकहरुमा कलेजका ऐकेडेमीक को–अर्डिनेटर भरत गुरुङ्ग, सईन्द्र श्रेष्ठ र शिक्षिक बेदनाथ शर्माले गरेका थिए ।
 
यसैगरी पोखराको पार्दीस्थित फिस्टेल एकेडेमी उच्च माविले अतिरिक्त क्रियाकलापअन्तर्गत शुक्रबार वादविवाद प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा कक्षा ८ र ९ समूहबाट स्मृति पौडेल, सन्ध्या श्रेष्ठ, कुशल खनाल, प्रिया श्रेष्ठ र कक्षा ६ र ७ समूहबाट मुस्कान रानाभाट, अंकिता गुरुङ, कंचन रानाभाट र सदीक्षा आचार्य क्रमशः प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुन सफल भएका थिए । विद्यार्थीहरुले ‘वैदेशिक रोजगारी भन्दा स्वदेशी परिश्रम ठिक’ र ‘गाउँले जीवन भन्दा सहरीया जीवन ठिक’ भन्ने विषयको पक्ष विपक्षमा आ–आप्mना तर्क राखेका थिए । यसअघि सो प्रतियोगिताको विद्यालयका संस्थापक अञ्जु रानाभाटले उद्घाटन गर्दै तर्कशीलताले असल व्यक्तित्व निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने र सोको लागि वादविवाद प्रतियोगिता सहायक हुने बताइन् । विद्यालयका सामाजिक शिक्षा विभाग प्रमुख टेकबहादुर थापाको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको संचालन विद्यार्थी डेजिना गदालले गरेकी थिइन् । विद्यालयका प्रशासक दुर्गा न्यौपाने र दुर्गा ढकालले निर्णायकको भूमिका खेलेको उच्च मावि संयोजक रामबन्धु पोख्रेलले जानकारी दिए ।

Post a Comment

 
Top