0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा अर्पण र लायन्स क्लव अफ पोखरा दर्पणको संयुक्त आयोजनामा पोखराको लामाचौरमा संयुक्त आँखा जाँच कार्यक्रम आयोजना ग¥यो । लामाचौर स्थित इन्द्रराज्य उच्चमाविका आयोजित कार्यक्रममा ४०४ जना बालबालिकाको आँखा परीक्षण गरिएको थियो ।  जसमध्ये १० जनालाई पुनः उपचारका लागि हिमालय आँखा हस्पतालमा रिफर गरिएको छ भने उनीहरुका लागि निःशुल्क रुपमा चश्मा वितरण हुने बताइन्छ । कार्यक्रममा प्राविधिक सहयोग हिमालय अस्पतालले गरेको थियो । कार्यक्रमको समापन अवसरमा बोल्दै विद्यालयका प्रचार्य एवं भद्रकाली लायन्सका पूर्व अध्यक्ष केशव प्रसाद अमगाइँले हामीले गर्ने योगदान मानवले पाउने सेवा हुनुपर्नेमा जोड दिए । लायन्सको मुख्य उद्देश्य फेलेशिप, सर्भिस र फ्रेण्डशिप भएको भन्दै उनले अहिले अन्य उद्देश्य भन्दा बढी फेलोशिप हुने गरेको बताए । लायन्स धन भएर होइन मन भएर मानवीय सेवा गर्नुपर्ने उनले बताए । अर्पर्ण र दर्पण लायन्सले विद्यालयमा आँखा शिविर आयोजना गरेर महत्वपूर्ण योगदान दिएको उनले बताए । 
कार्यक्रममा बोल्दै हिमालय आँखा अस्पतालका सामुदायिक कार्यक्रम संयोजक भोजराज गौतमले आँखा अस्पतालले १ वर्षमा करिब १५० ठाउँमा आँखा शिविर आयोजना गरेको बताए । आँखाको बेलैमा हेरचाह गर्नेहो भने कुनै समस्या नआउने उनले स्पष्ट पारे । अर्पण लायन्सकी अध्यक्ष लक्ष्मी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका जोन चियर पर्सन रमेश बहादुर खत्री, लियो क्लव अफ सेन्टरका गौरव बानियाँ, अर्पणकी सचिव सरिता खत्री, दर्पणका संयोजक श्याम खत्री लगायतले बोलेका थिए । 
यसैगरी लायन्स क्लव अफ पोखरा सप्तगण्डकीले सपना आयुर्वेद हस्पिटलमा शनिबार निशुल्क  निःशुल्क स्वस्थ्य परीक्षण र मधुमेह रोग बारे जानकारी गराएको छ । क्लबका  अध्यक्ष अन्जु कमचार्यको अध्यक्षतामा भएको कार्यक्रममा १६३ जनाको निःशुल्क स्वस्थ्य परीक्षण गर्नुका साथै ८० जनाको मधुमेहको परीक्षण गरिएको थियो । परीक्षणमा आयुवेद चिकित्सक जनरल फिजिसियन डा. नारायण पाण्डे, डा. माधवी कुमारी, प्रयोगशालामा विएएमएलटि  विरेन्द यादव, आहार विज्ञ डाइटिसियन श्रीविध्या कायस्थले आहार परामर्श तथा स्वास्थ्य परीक्षण गरेका थिए । कार्यक्रमका  प्रमुख अतिथि डिष्ट्रिक्ट ३२५ वि वान नेपालका डिष्ट्रिक्ट एड्भाइजर तथा एलसि पोखरा सप्तगण्डकीका एक्टेन्सन चियर पर्सन विमला श्रेष्ठ, स्टिेट चिल्डेन सपोट चियर पर्सन दिनकुमारी शर्मा, कार्यक्रमका संयोजक तथा सपना आयुर्वेद हस्पिटलका सञ्चालक लायन सपना रानाले आयुर्वेद र मधुमेह रोगको बारेमा जानकारी गराएका थिए ।






Post a Comment

 
Top