0
गोल्डेन न्यूज संवाददाता
नेपाल सरकारका मुख्य सचिव डा.सोमलाल सुवेदीले कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल अघौं अर्चलेलाई साहित्यिक पर्यटकीय स्थलका  रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्। लेखनाथ नगरपालिका वडा नं ६ अर्चलेमा बुधबार आयोजित कवि शिरोमणि लेखनाथ पौड्यालको १३२औं जन्मजयन्ती समारोहलाई सम्वोधन गर्दै उनंले लेखनाथ नगर क्षेत्रको विकासका लागि स्थानीय जनताको सहयोग पनि अपरिहार्य रहेको वताउदै यसका लागि सरकारी तवरबाट आफूले हैंसेमा होस्टे गर्ने प्रतिवद्धता जाहेर गरेका थिए। मुख्य सचिव पौडेलले अवको युग भनेको नवनिर्मिाणको युग हो भन्दै उनंले राष्ट्र निर्माणको काममा जुट्न सवैसंग आग्रह समेत गरेका थिए। सो अवसरमा मुख्य सचिव सुबेदीले कवि शिरोमणि लेखनाथ पौड्यालकी कान्छी छोरी कुन्तीदेवी भट्टराईको स्मृतिमा उनंको परिवारद्धारा स्थापित यस वर्षको कुन्तीदेवी शिक्षा पुरस्कार अमरशिद्ध नमुना उच्च मावि पचभैयाकी उषा सुवेदीलाई प्रदान गरेका थिए। गत वर्षको एस .एल .सी परीक्षामा लेखनाथ नगरपालिकाका सामुदायिक विद्यालय मध्येवाट सर्वोत्कृष्ट अंक ल्याएको भन्दै रु .१० हजार राशीको सो पुरस्कार छात्रा सुवेदीलाई सो पुरस्कार दिइएको हो ।
यस्तै लेखनाथ–६ अर्चलेमा रहेको कविशिरोमणि लेखनाथ प्रा विका पांच जना गरीव तथा जेहेन्दार छात्रछात्राहरुलाई रु .१० हजार को कुन्ती देवी छात्रवृत्ति पनि वितरण गरिएको थियो । कुन्तीदेवी भट्टराईका परिवारले लेखनाथ साहित्य पुरस्कारका लागि पांच लाख रुपैयाँ र कुन्तीदेवी शिक्षा पुरस्कार र छात्रवृत्तिको लागि दुई लाख रुपैयाँको अक्षयकोष राखिदिएका छन्।
त्यसैगरी पांच हजार रुपैयाँको मधुमाया ढकाल स्मृति छात्रवृत्ति जनज्योति उच्च मावि कालिकाकी सविना पौडेल, चन्द्रकान्त ढकाल स्मृति छात्रवृत्ति त्रिभुवन शान्ति मावि लेखनाथका निरज भट्टराई, नेपाल आदर्श आवासीय विद्यालयका आषिश वावु वगाले र लक्ष्मी आदर्श उच्च मावि लेखनाथका अमृत त्रिपाठीलाई फणीन्द्र कुमारी ढकाल स्मृति छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा पश्चिमान्चल क्षेत्रीय प्रशासक केदारबहादुर अधिकारी, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनाली,लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारी,लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी,राजनीतिक पाटीका तर्फबाट हेमबहादुर हमाल,मोती गिरि,हरिबहादुर जिसी,  महिलाहरुकोतर्फबाट निर्मला सुबेदी, लोककवि अलिमियाँ वाङमय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ, लेखनाथ नगर स्तरिय टोल विकास सस्थाका अध्यक्ष छविलाल लामिछाने, समालोचक रविलाल अधिकारी, लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकाल, छन्दनायक माधव वियोगी लगायतले कवि शिरोमणि लेखनाथको योगदानको स्मरण गर्दै लेखनाथको अर्घौ अर्चलेलाई कवि कुञ्जको रुपमा विकास गर्नु पर्नेमा जोड दिएका थिए।  
जन्मस्थल विकास समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा कविबर तेजनाथ घिमिरेले स्रष्टा ज्योती पौडेलको कवि लेखनाथ र लेखनाथ भित्रको परिचर्चा र अर्का स्रष्टा बलराम तिमिल्सेनाको उपदेश मञ्जरी कबिता संग्रहको लोकार्पण गरेका थिए। कार्यक्रममा दुई दर्जन वढी कवि कवियत्रीहरुले आफनो रचना वाचन गरेको सो कार्यक्रमको संचालन छन्दमणि त्रिपाठी र ताराप्रसाद पोख्रेलले गरेका थिए भने धन्यवाद ज्ञापन जन्मस्थल विकास समितिका सचिव मनोज पौडेलले गरेका थिए।

Post a Comment

 
Top