0
गोल्डेन न्यूज संवाददाता
सहकारी सञ्चालकहरुलाई ३ दिने पल्र्स विश्लेषण तालिम आयोजना गरिएको छ । बिहीबार सुरु तालिममा ३० वटा सहकारी संस्थाका ३० जना प्रतिनिधि सहभागी छन् । जिल्ला सहकारी संघ कास्की र कास्की बचत तथा ऋण सहकारी संघको आयोजनामा तालिम सुरु भएको हो । तालिम उद्घाटनका अवसरमा बोल्दै सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय कास्कीका प्राचार्य बन्द्रीनाथ अधिकारीले सहकारीलाई व्यावसायिक बनाउन पल्र्स विश्लेषण अनिवार्य भएको बताए । ‘पल्र्स विश्लेषणले सहकारीको सञ्चालन प्रणाली सुधारमा महत्वपूर्ण योगदान पु¥याउँछ,’ उनले भने । जिल्ला सहकारी संघका अध्यक्ष रविरमण तिवारीले सहकारी सञ्चालकहरुको क्षमता विकासका लागि संघले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । ‘आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन्छौं, उनले भने । बचत तथा ऋण सहकारी संघका अध्यक्ष भीम गुरुङले सहकारीको वित्तीय स्वास्थ्य परीक्षण गर्नका लागि पल्र्स प्रविधि महत्वपूर्ण रहने बताए । उनले भने, ‘सहकारीको वित्तीय अवस्था सुधार्न पल्र्स प्रविधि अनिवार्य छ ।’ सहकारी विज्ञ चन्द्रबहादुर ढकुरीले सहभागीलाई प्रशिक्षण दिएको संघका उपाध्यक्ष हरिभक्त पौडेलले जानकारी दिए । पल्र्सलाई सहकारीको वित्तीय औजारका रुपमा लिइन्छ । वित्तीय अवस्थाको सुरक्षण, प्रभावकारी वित्तीय अवस्था, सम्पत्तिको गुणस्तर, प्रतिफलदर, बृद्धिको संकेत, तलरता अवस्था बारे अनुसन्धान गर्न पल्र्स प्रविधि अनिवार्य हुन्छ ।

Post a Comment

 
Top