0
गोल्डेन न्यूज संवाददाता
पोखराको नदीपुरमा रहेको कन्या क्याम्पसले रजत जयन्तिको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । नदीपुरबाट सुरु भएको प्रभातफेरी पालिखेचोक, महेन्द्रपुल, सिद्धार्थचोक, रामकृष्णटोल, गणेशटोल, नालामुख, भिमसेनटोल, भैरबटोल हुदै क्याम्पस प्राङ्गणमा पुगेर समापन भएको हो । ¥यालीमा क्याम्पस तथा कन्या माविका विद्यार्थी, अभिभावक, शिक्षक लगायतको सहभागिता रहेको थियो । यसैबीच क्याम्पसमा रक्तदान कार्यक्रम पनि सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन भएको क्याम्पसका प्राचार्य सुरेश मानान्धरले जानकारी दिए । क्याम्पसको रजत जयन्तीको औपचारिक उद्घाटन कार्यक्रम मंगलबार हुदैछ । क्याम्पसले यो वर्षभरी विभिन्न कार्यक्रम गरी रजत जयन्ति मनाउने छ ।


Post a Comment

 
Top