0
नेपाली राष्टिूय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके नेपालबाट बिदा भएका छन् ।    सन् २०११ सेप्टेम्बरमा नेपाल आएका उनको नेपाली प्रशिक्षकको भूमिका गतहप्ताअघि नेपालले विश्व क्रिकेट लिग च्याम्पियन सिपमा पपुवा न्युगिनीविरुद्ध खेलेपछि सकिएको थियो । हाल क्यानाडेली नागरिक रहेका दासानायके श्रीलङ्काका पूर्व विकेटकिपर समेत थिए । उनले गत महिना मात्र नेपाली क्रिकेट टोलीको प्रशिक्षकको भूमिकाबाट राजीनामा दिएका थिए ।    नेपालमा करिब चार वर्ष प्रशिक्षकका रूपमा बिताएका दासानायकेले नेपाली क्रिकेट खेलको स्तरोन्नति गर्दै नेपालबाट बिदा हुन लागेका हुन् । उनकै नेतृत्वमा नेपालले डिभिजन–४ बाट उक्लेर डिभिजन–१ सम्मको यात्रा तय गर्न सफल भएको थियो ।
 
त्यस्तै, उनकै नेतृत्वमा नेपाली टोलीले बङ्गलादेशमा भएको टि–ट्वेन्टी विश्वकपसमेत पहिलोपटक खेलेको थियो । यो नेपाली क्रिकेटमा मात्र नभएर नेपालको समग्र खेलकुद इतिहासमै ठूलो उपलब्धि मानिन्छ । नेपाललाई एक दिवसीय वरियता दिलाउने मूल लक्ष्य पूरा गर्न भने उनी चुकेका थिए । न्युजिल्यान्डमा भएको प्रतियोगिता मा नेपालले खराब प्रदर्शन गरेपछि नेपालले उक्त अवसर गुमाएको थियो । नेपाली क्रिकेटमा मजाले भिजेका प्रशिक्षक दासानायकेले नेपाली खेलाडी निकै मेहनती भएको भन्दै प्रशंसा गरेका छन् । शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गरेको बिदाइ कार्यक्रममा प्रशिक्षक दासानायकेले भनेका थिए–“नेपाली क्रिकेटको भविष्य राम्रो छ, नेपाली खेलाडीमा भएको खेल भावनाले एक दिन नेपाली क्रिकेटलाई उच्च बिन्दुमा अवश्य पु¥याउन सक्नेछ ।” दासानायकेको करार अवधि डिसेम्बरसम्म रहेको भएपनि विभिन्न कारण देखाउँदै उनले त्यसअघि नै विभिन्न कारण देखाउँदै राजीनामा दिएका थिए । नेपाल छोड्नुअघि उनले नेपाली क्रिकेटप्रेमीलाई सम्बोधन गर्दै भनेका छन्–“म नेपाली क्रिकेट शुभचिन्तक प्रति कृतज्ञ छु । उहाँहरुले सधैँ नेपाली  क्रिकेट टोलीलाई खराब समयमा पनि साथ दिनुभयो, प्रोत्साहित गर्नुभयो ।”    

Post a Comment

 
Top