0
गोल्डेन न्यूज संवाददाता
आगामी पुष १० गतेदेखि पोखरामा १३औँ पोखरा भेन्ट्रन्स ओपन टेनिस प्रतियोगिता हुने भएको छ । पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा कास्की जिल्ला टेनिस संघले दिएको जानकारी अनुसार पोखरा रंगशालामा हुने प्रतियोगितामा ३५ सिङगल, डबल्स, ४५ सिंगल, डबल्स, ५० सिंगल, डबल्स, ५५ सिंगल, डबल्स, ६० सिंगल, डबल्स र ६५ सिंगल डबल्स इभेन्टमा प्रतियोगिता हुने संयोजक बसन्त प्रधानले जानकारी दिए । प्रतियोगितामा ३५ सिंगल्स विजेताले नगद २० हजार पुरस्कार पाउने छन् भने उपविजेताले १० हजार र ट्रफि पाउनेछन् । 
त्यस्तै ३५ डबल्स विजेतालाई १० हजार र उपविजेतालाई ५ हजार, ४५ सिंगल्स विजेतालाई १५ हजार र उपविजेतालाई ७ हजार ५ सय र ४५ डब्ल्सका विजेतालाई १० हजार र उपविजेतालाई ५ हजार ५ सय र ट्रफि पुरस्कार रहेको प्रचार–प्रसार संयोजक नविन चालिसेले जानकारी दिए । प्रतियोगिता संचालन गर्दा करिब ७ लाख खर्च लाग्ने आयोजकको अनुमान रहेको छ । राष्ट्रिय स्तरको यस प्रतियोगिताले पोखराको पर्यटनको विकास गर्ने भन्दै कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थले सबैको सहयोगको अपेक्षा गरिएको बताए ।




Post a Comment

 
Top