0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं. ४ रामकृष्णटोलस्थित सिद्धार्थ टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरुले हालै धार्मिक भ्रमण गरेका छन् । धार्मिक पर्वहरुको अवसरमा उनीहरुले स्याङ्जाको छ्याङछ्याङ्दीका साथै पाल्पाकै प्रतिष्ठित धार्मिक गन्तव्य पाल्पा भैरवस्थान र पाल्पा दरबार, रणउजेश्वरी भगवती मन्दिरको अवलोकन भ्रमण गरेका थिए । उक्त अवसरमा भ्रमण टोलीले स्याङ्जा छ्याङ्छ्याङदीमा सत्वीज समेत छरेका थिए । सदस्यहरुबीच आपसी भाइचराको सम्बन्ध प्रगाढ बनाउनुका साथै नयाँ ठाउँको जानकारी दिने उद्देश्यले भ्रमण आयोजना गरिएको थियो । 

संस्थाका निवर्तमान अध्यक्ष पार्वती माकाजु संयोजक र कोषाध्यक्ष भवानी माकाजू सह–संयोजक रहेको भ्रमण टोलीमा उपाध्यक्ष सम्झना माकाजू, ऋण समिति सह–संयोजक बाबुकाजी लिगल, कीरियापुत्री भवन संरक्षण समितिका सदस्य ओमबहादुर केसी, शिक्षा संयोजक मिथिला मल्ल सहभागी थिए । 

यसैगरी भ्रमण टोलीमा संस्थाका संस्थापक अध्यक्ष आशमाया खड्का, कार्यसमिति सदस्य लक्ष्मी पराजुली र लक्ष्मी प्रजापति लगायत ३८ जनाको सहभागिता रहेको थियो । स्याङ्जाको छ्याङछ्याङ्दी मन्दिर अत्यन्तै रमाइलो अनुभूति गराउने खालको रहेको र स्याङ्जाकै प्रतिष्ठित धार्मिक गन्तव्यको रुपमा पाइएको भ्रमणमा सहभागी कार्यक्रम संयोजक पार्वती माकाजूले बताइन । यस्तै पाल्पामा रहेको पाल्पा भैरवस्थान मन्दिरको प्रमुख विशेषता रोट चढाउने भएकाले आफूहरुलाई अति रमाइलो लागेको, पाल्पा दरबारको पुरातन शैली आफूहरुलाई अति मन परेको संस्थाकी कोषाध्यक्ष एवं कार्यक्रम सह–संयोजक भवानी माकाजूले बताइन ।


Post a Comment

 
Top