0
गोल्डेन न्यूज संवाददाता
नेपाल–चीन दौत्य सम्बन्धको ६० औं वर्षगाँठ शुक्रबार पोखरामा विविध कार्यक्रम गरेर मनाइएको छ । नेपाल–चीन जनमैत्री संघ पोखराको आयोजनामा चित्रकला प्रदर्शनी, चिनिया चलचित्र प्रदर्शनी तथा चित्रकला प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण गरेर नेपाल–चीन दौत्य सम्बन्धको ६० औं वर्षगाँठ मनाइएको हो । पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा भएको कार्यक्रममा करीब ३ दर्जन चित्रहरु प्रदर्शनीमा राखिएका थिए । पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले उद्घाटन गरेको प्रदर्शनीको करीब २ सयले अवलोकन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत अधिकारीले चीन र नेपालबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताउँदै यसलाई जनस्तरसम्म पु¥याउनुपर्ने आवश्यकता औंल्याए । नेपाल–चीन सम्बन्धबारे जनस्तरबाटै बहस गर्न आवश्यक रहेको बताउँदै उनले जनता÷जनताबीचको सम्बन्ध बनाउन सकेमात्र सम्बन्धले सार्थकता पाउने बताए । उनले त्यसको प्रयास स्वरुप पोखराले चीनका सहरहरुसँग भगिनी सम्बन्ध गाँसेर जनता÷जनताबीच जोड्ने प्रयास गरेको उल्लेख गरे । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रुद्र भट्टले दुई छिमेकी मुलुक मध्ये चीनसँगको सम्बन्ध एकनासको स्थायी प्रकारको रहेको बताए । 

चित्रकला प्रदर्शनी कार्यक्रमको अवसरमा केही समयअघि आयोजित चित्रकला प्रतियोगिताको नतिजा सार्वजनिक गर्नुका साथै बिजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा कास्की मोर्डनाइज्ड एकेडेमीका प्रमिश गुरुङ प्रथम, केफ उच्च माविका सगुन गुरुङ द्वितीय र शिशु निकेतन बोर्डिङ्ग स्कुलका प्रयाग जोशी तृतीय भए । त्यस्तै मदरल्याण्ड उच्च माविका राजेन्द्र गाहा मगर र कास्की मोर्डनाईज्डका योगेश सुनारले सान्त्वना स्थान प्राप्त गरे । प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्वितीयलाई ७ हजार, तृतीयलाई ५ हजार र सान्त्वना दुई जनालाई एक÷एक हजार नगदसहित पुरस्कृत गरिएको थियो । साथै प्रतियोगितामा सहभागि सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा चिनिया चलचित्र ‘बडिगार्ड एण्ड एसासिन्स’ र ‘विस्ड एण्ड रेन’ प्रदर्शन गरिएको थियो । नेपाल–चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा चित्रकला प्रदर्शनी निर्णायक समितिका संयोजक गोपाल श्रेष्ठले निर्णय प्रक्रियाका बारेमा प्रष्ट पारेका थिए । कार्यक्रमको सञ्चालन रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले गरेका थिए।



Post a Comment

 
Top