0
गोल्डेन न्यूज संवाददाता
पोखरा बहुमुखी क्याम्पसको २९औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह सोमबार सम्पन्न भयो । कार्यक्रममा पुरस्कार वितरण गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व आनन्दराज मुल्मीले पोखरा बहुमुखी क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । शिक्षाविद् गणेशबहादुर गुरुङले क्याम्पसले विभिन्न आरोह–अवरोह पार गर्दै प्रतिस्पर्धात्मक अवस्थामा आएको बताए । अक्षयकोषका संस्थापक समेत रहेका गुरुङले क्याम्पसको प्रगतिप्रति सन्तोष व्यक्त गरे । क्याम्पस व्यवस्थापन समितिका सदस्य गोपाल बाँस्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख सुनिल मर्सानीले क्याम्पसले भोग्नुपरेका चुनौती र आगामी अवसरमा बारमा चर्चा गरेका थिए । कार्यक्रममा कन्या क्याम्पस पोखराका प्मुख सुरेश मानन्धर, पोखरा बहुमुखीका पूर्व क्याम्पस प्रमुख हस्तबहादुर थापा, पूर्व सहायक क्याम्पस प्मुखद्वय शिशुकला पराजुली र महेन्द्र रिमाल, पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनका प्रतिनिधि तथा मीन अक्षयकोष छात्रवृत्तिका संस्थापक शम्भुलाल श्रेष्ठ, महेन्द्र उच्च माविका प्रचार्य रामदत्त पौडेल, प्राध्यापक संघका सभापति गुरुदत्त शर्मा, विद्यार्थीहरु आभाष दाहाल, सुजन अधिकारी, सपना रोक्का र गोविन्द आचार्य लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।  कार्यक्रममा उत्कृष्ट सेवा प्रदान गर्ने क्याम्पसका प्राध्यापक देवी प्रसाद तिवारी, चौकीदार झलकबहादुर केसीका साथै वार्षिकोत्सवका अवसरमा आयोजित कविता वाचन, निवन्ध लेखन, रक्तदान र अन्तरसंकाय भलिवल प्रतियोगिताका विजयीलाई पुरस्कारु र प्रशंसापत्र प्रदान गरिएको थियो । 
जसअनुसार कविता वाचनतर्फ कृष्ण कार्की, सुमन सुवेदी, प्रतिभा पौडेल र अन्तिम गुरुङ, निबन्ध लेखनतर्फ नम्रता गर्बुजा, अन्तिम गुरुङ, इल्यास मिया र दीपेन्द्र परियार, अंग्रेजी निबन्ध लेखनतर्फ उमा गुरुङ, प्रतिक्षा ढुङ्गाना, भूपेन्द्र थापा, विज्ञान पराजुलीले क्रमशः प्रथम, दोस्रो र तेस्रोका साथै सान्त्वना स्थान हासिल गरेका थिए । वार्षिकोत्सजव समारोहमा कक्षा ११ र स्नातक तह प्रथम वर्षका विद्यार्थीहरुलाई स्वागत समेत गरिएको थियो ।
कार्यक्रमको संचालन सहायक क्याम्पस प्रमुख चूडामणि सुवेदीले गरेका थिए । क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष रहेका विष्णु प्रसाद बाँस्तोला भने कार्यक्रममा सहभागी थिएनन् । उनले सबैलाई शुभकामना सन्देश पठाएको क्याम्पस प्रमुख मर्सानीले जनाएका छन् । ।



Post a Comment

 
Top