0
गोल्डेन न्यूज संवाददाता
प्र ल्होसारको अवसरमा पोखरामा आयोजित आठौँ खुल्ला तमू सामुहिक नृत्य प्रतियोगिताको उपाधि भुजुङ युम्पो तमू समाजले जितेको छ । तमू प्ये ल्हु संघ केन्दि«य युवा समितिको आयोजनामा वुधवार तमू प्ये ल्हु संघ फलिना क्होइवो परिसर पोखरामा आयोजित खुल्ला तमू सामुहिक नृत्य प्रतियोगितामा २३३ अंकसहित भुजुङ युम्पो तमु समाजले उपाधि जितेको हो । यसैगरी प्रतियोगितामा गत वर्ष उपाधि जित्न सफल डढुवा दुर्छा तमू समाज भने २२९ अंकसहित द्वितिय स्थानमा चित्त बुझाउनुप¥यो । ११ समुहको सहभागिता रहेको प्रतियोगितामा कास्की मोडनाइज बोडिङ स्कुल तृतिय र गण्डकी आवासिय उच्च मािवले सान्त्वना उपाधिसहित उत्कृष्ट भेषभूषाको उपाधि जित्न सफल भयो । कर्ण तमूको संयोजकत्व र धन वहादुर तमू र राज वहादुर तमू सदस्य रहेको निर्णायक मण्डलले प्रतियोगिमा सहभागी समुहहरुका नृत्य निर्देशकहरुमध्येबाट सिङ्दी तमू समाजका नृत्य निर्देशक सविन तमूलाई घोषित गरेको थियो ।  प्रतियोगितामा प्रथम उपाधि जित्न सफल भुजुङ युम्पो समाजलाई नगद रु २० हजार, प्रमाणपत्र, द्वितिया हुन सफल डढुवा दुर्छा तमू समाजलाई नगद रु १५ हजार, प्रमाणपत्र, तृतिय समुह कास्की मोडानाइट वोर्डिङ स्कुललाई नगद रु १० हजार, प्रमाणपत्र र सान्त्वना स्थान गर्न सफल गण्डकी आवासिय उच्च माविले सान्त्वना पुरस्कारको नगद ५ हजार र उत्कृष्ट भेषभूषाको उपाधिबाट पुरस्कृत गरिएको थियो । तमू प्ये ल्हु संघ केन्दिूय समितिका उपाध्यक्ष हितकाजी टु तमूको अध्यक्षतामा भएको कार्यक्रमलाई युवा समितिका सल्लाहकार थमन प्हच्यु तमू, पुनम ल्हेगे तमू र अनिल टु तमूले संचालन गरेका थिए । यसैगरी प्र ल्हो अर्थात वादर वर्गको ल्होसार मनाउने क्रममा तमू प्ये ल्हु संघमा आयोजित आमा समूहको नृत्य प्रतियोगिताको उपाधि क्होला दिप तमू समाजले जितेको छ । यस वर्षदेखि तमू प्ये ल्हु संघ जिल्ला कार्यसमितिले ल्होसारको अवसर पारि आयोजित अन्तर समाज आमा समुह नृत्य प्रतियोगितामा क्होला दिप तमू समाजले उपाधि जितेको हो । ६ समुहको सहभागिता रहेको प्रतियोगितामा क्षेत्रिय पौरे शाखा द्वितिय, क्होला ट्हो धि रामबजार तृतिय हुन सफल भएको छ ।  यसैगरि तमू प्ये ल्हु संघ स्याङ्जली तमू समाज लेखनाथ, स्याङ्जा मनकामना पेल्काचौर र ढोर फिरफिरे तमू समाजले सान्त्वना स्थान हासिल गर्न सफल भएको छ भने क्होला ट्हो धिँ रामबजारले उत्कृष्ट भेषभुषाको उपाधि जित्न सफल भएको छ । प्रतियोगिताको निर्णायक मण्डलमा रुपा ल्हेगे तमू, कर्ण क्रोम्छै तमू र थमन प्हच्यु तमू रहेका थिए ।






















Post a Comment

 
Top