0
गोल्डेन न्यूज संवाददाता
अनौपचारिक क्षेत्र सेवि केन्द्र (इन्सेक) द्वारा जिल्ला प्रतिनिधिहरूको क्षमता अभिवृद्धि तथा अभिलेखीकरण तालिम सम्पन्न भएको छ । इन्सेक केन्द्रिय कार्यालयको आयोजनामा सन्चालीत उक्त तालिम इन्सेक क्षेत्रिय कार्यालय पोखराको संयोजनमा भएको  तालिममा अभिलेख शाखा प्रमुख मदन पौडेल, इन्सेक अनलाइन प्रमुख निर लामा, आइटी विभागका प्रमिन घिमिरे, अनुज श्रेष्ठ, क्षेत्रीय प्रमुखहरु र टंक खनालले सहजीकरण गरेका थिए । तालिमको समापन गर्दै मानव अधिकार बर्ष पुस्तक सम्पादन प्रमुख मदन पौडैलले  इन्सेक अभियानमा सक्रियता र इमान्दारी पूर्वक घटनाहरुको यथार्थपरक एबं तथ्यमा आधारित घटनालाई सम्प्रेशित गरी मानव अधिकारको  रक्षामा जिम्मेवार रुपमा प्रस्तुत हुन सुझाव दिए । कास्की लगायत २०  जिल्लाका जिल्ला प्रतिनिधिहरु सहभागी रहेको थियो ।

Post a Comment

 
Top