0
टोल सुधार समिति रामबजार १०, १५ को क्षेत्र श्री कृष्ण मन्दिर चोकदेखि  रामबजारचोक कालिका मन्दिर चोकहुँदै वीरेन्द्र शालिक चोकसम्मको मुख्य सडकमा एकतर्फ पार्किङ्ग व्यवस्था मिलाउन वडा प्रहरी कार्यालय रामबजारको सभाकक्षमा बसेको भेलाले पार्किङ्ग व्यवस्थापन गर्ने निर्णय गरेको छ । पार्किङ्ग व्यवस्थापन समितिका संयोजक सम्मरबहादुर श्रेष्ठको सभापतित्वमा बसेको भेलाले रामबजार क्षेत्रमा व्यवस्थित पार्किङ्ग गराउन उपस्थितहरुले सहमति जनाएका थिए । पार्किङ्ग गर्ने सम्बन्धमा नगर बसलाई नगर बसस्टप स्थान र ट्याक्सीलाई ट्याक्सी स्टप स्थान छुट्याउने निर्णय  गरिएको भेलालमा कालिका मन्दिर, लक्ष्मीटोल जाने चोक, राममन्दिर अगाडि रामबजारचोक, सुन्दर चोक र श्रीकृष्ण मन्दिर सम्मको मुख्य सडकमा बायाँतर्फ पार्किङ्ग गराउने सहमत भई ट्राफिक नियमानुसार लागू गर्न वडा प्रहरी रामबजारमा कार्यरत ट्राफिक प्रहरीलाई जिम्मा दिइएको समितिका संयोजक सम्मरबहादुर श्रेष्ठले बताए ।
पार्किङ्ग व्यवस्थापन कार्यक्रममा सडकमा आवश्यक पर्ने रंग, बोर्ड समेतका सामाग्रीहरु सहयोग संकलन गर्ने निर्णय गरी पार्किङ्ग व्यवस्थापन गर्न रामबजार क्षेत्रको मुख्य सडकको निरीक्षण गरी पार्किङ्ग व्यवस्थापन मिलाउन वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक बेद प्रकाश जोशी, टोल सुधार समिति रामबजार १०, १५ का अध्यक्ष एवं पार्किङ्ग व्यवस्थापन समितिका संयोजक सम्मरबहादुर श्रेष्ठ, ट्याक्सी व्यवसायी समिति नयाँबजारका उपाध्यक्ष किरणबाबु पन्त, पोखरा भ्यालि स्पोर्टस् क्लवका अध्यक्ष क्या.थमानसिंह थापा, रामबजार युथ क्लवका अध्यक्ष थिङ्ग तामाङ्ग, रामबजार समिति अध्यक्ष मनविर गुरुङ्ग, श्रीकृष्ण मन्दिर संचालक समितिका उपाध्यक्ष विश्व तण्डुकार, नागरिक मञ्च वडा नं.१० का सदस्य सूर्यबहादुर बानिया लगायतका व्यक्तिहरुले उक्त पार्किङ्ग व्यवस्था मिलाउन आवश्यक पर्ने पार्किङ्ग बोर्ड, नो पार्किङ्ग बोर्ड, रंग लगाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Post a Comment

 
Top