0
गोल्डेन न्यूज संवाददाता
भारतीय नाकाबन्दीले नेपाली जनजीवनमा गम्भीर असर पार्दा समेत सरकारले आवस्यक पहल र यो मुद्धालाई अन्तर्राष्ट्रिय करण नगरेको आरोप लगाउदै नेपाल बन्दको आयोजना गरेको नेकपा माओवादीका चन्दका जिल्ला सेक्रेटरी सहित २३ नेता कार्यकर्ता लाई कास्की प्रहरीले नगरका बिभिन्न स्थानबाट गिरफ्तार गरेको छ । जनजीवन प्रभावित भएपनि पोखराको बन्द भने शान्तिपूर्ण रह्यो । उद्योग कलकारखाना र शैक्षिक संस्था ठप्प रहे । साँझ पाँच बजेपछि बन्द सकिएपछि अहिले जनजिवन विस्तारै सामान्य बन्दै गएको थियो । नेत्रविक्रम चन्द विप्लप नेतृत्वको पार्टी नेकपा माओबादीले आईतबार नेपाल बन्दको आयोजना गरेकोले बन्द गराउदै हिंडेका बन्द कर्तालाई प्रहरीले विहानै पोखरा र लेखनाथ नगरपालिकाका विभिन्न स्थानबाट पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी हरि बहादुर पालले बताए । जिल्ला सेक्रेटरी पूर्णजित पुन सहितका नेता तथा कार्यकर्ताहरुलाई पोखराको पृथ्वीचोक, मेहन्द्रपुल र लेखनाथका विभिन्न स्थानबाट पक्राउ गरीएको एसपी पालले बताएका छन । पोखराका मुख्य चोकहरुमा प्रहरी तैनाथ गरीको छ भने सडकहरु विहानै देखि सुनसान भएको छ । भारतले नेपालमाथि लगाएको नाकाबन्दीले नेपालमा देखिएको मानवीय संकट समाधानका लागि आबश्यक पहल नभएको भन्दै नेकपा माओबादीले नेपाल बन्दको आह्वान गरेको थियो । यसैबीच  नेपाली जनता अप्ठ्यारोमा परेका बेला सरकारले ठोस पहल गर्न नसकेको भन्दै माओबादीले बन्दको आयोजना गरेको नेकपा माओबादीको केन्द्रीय सदस्य साबित्रा दुरा (आस्था)ले बताउकी छन् ।
 
आइतबार सुनौलो एफएमसंग कुरा गर्दै दुराले देश बचाउन र भारत बिरुद्ध एकजुट भएर सडकमा आउन सबे नेपालीलाई आग्रह गरेकी छन । माओबादीले निरन्तर माथिल्लो कर्णाली, विद्युत ब्यापार सम्झौता, बिप्पा, नेपालको एयरपोर्टमा भारतिय एयरमार्सल राख्ने प्रस्ताव, लिपुलेक जस्ता राष्ट्रघाती कदमको बिरुद्धमा आवाज उठादै आएको र अहिले आएर सबै जनतामा भारतको नियत र माओबादीको बिरोधको औपचारीक पुष्टि हुनुले अब राष्ट्रिय स्वाधिनताको लडाइमा जनताको साथ हुने उनको भनाइ थियो ।
 
यसैबीच भारतीय नाकाबन्दी विरुद्ध मौलिक बन्दको संज्ञा दिँदै आइतबार नेपाल बन्दको आयोजना गरेका नेकपा माओवादी विप्लव पक्षका कार्यकर्ताले मलेखु–धादिङ बेंसी कालु पाण्डे सडकखण्डको नलाङमा ट्रकमा आगजनी छन् । आइतबार बिहान ७ बजे चितवनबाट इँटा बोकेर धादिङबेंसी आउँदै गरेको ना४ख ७१३० नम्बरको ट्रकलाई नलाङ–६,कालीदहस्थित सिक्रखोलामा आगजनी गरेका हुन् । घटनास्थलदेखि सदरमुकामको ७ किलोमिटर टाढा छ । जंगलबीच रहेको सडक र डम्म हुस्सु लागेको फाइदा उठाउँदै बन्दकर्ताले ट्रकममा आगजनी गरेका हुन् । ‘गाडी रोकेर म सहित सहचालक भाईलाई ओह्रालेर अन्दाजी ४० वर्ष उमेरका ३ जनाको समूहले आगजनी गरे,’ सहचालक भुवन प्रजा सहित प्रहरी सम्पर्कमा आएका चितवन चिप्ले–२ का ट्रक चालक कमलप्रसाद बर्तौलाले भने ।
 
आगजनी गर्नेहरुको खोजबिन भइरहेको घटनास्थल पुगेका प्रहरी नायव उपरीक्षक सविन प्रधानले बताए । घटनाबारे सूचना आउन साथ प्रधान घटनास्थल पुगेका थिए । नीलकण्ठ नगरपालिकाको दमकलले आगो निभाएको थियो । दमकल चालक र तालिम प्राप्त दक्ष अग्नीनियन्त्रक नभएकै कारण आगो लागेको ट्रकमा पानीको फोहरा दिन केही समय लागेको थियो ।

Post a Comment

 
Top