0
गोल्डेन न्यूज संवाददाता
पोखरा–१,पौष, पोखराको सिम्पानीमा अवस्थित भानुभक्त आवासिय माध्यमिक विद्यालयमा त्रि–दिवसीय खेलकुद कार्यक्रम बुधवारबाट सुरू भएको छ । कार्यक्रममा अन्तर सदनात्मक खेलकुद प्रतियोगितामा विद्यालयका प्रिन्सिपल दिनेशकुमार लामिछाने र भूपू विद्यार्थी विक्रम गुरुङ द्वयले रेफ्रीहरूलाई बल हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए जसमा पूर्व प्राथमिक, प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका छुट्टा–छुट्टेै खेलहरू सञ्चालन भएका छन् । जसमध्ये पूर्व प्राथमिकतर्फ मिल्क रेस, बल फाल्ने, बोतलमा पानी भर्ने खेल, त्यस्तै प्राथमिक तर्फ हिसाव रेस, स्मरणशक्ति, गुच्चा खोज्ने, चकलेट रेस जस्ता मनोरञ्जनात्मक खेलहरू भएका थिए । निम्न माध्यमिक तर्फ छात्र, छात्रा १०० मिटर, २०० मिटरको दौडका साथै छात्र फुटबल भएका थिए । जसमा निम्न माध्यमिकको फुटबल तर्फ रातोे सदनले निलोे सदनलाई टाइवे्रकरमा १ का विरुद्ध ० गोल गरी रातोे सदन फाइनलमा गएको छ भने हरियो सदन र पँहेलो सदनको खेलमा टाइवे्रकरमा पँहेलोे सदन फाइनलमा जान सफल भएका छन् । 

त्यसै गरी माध्यमिकतर्फ छात्र छात्राको ४०० मिटर र ८०० मिटरको दौड र छात्र फुटबल भएका थिए जसमा निलो सदन र रातो सदनको खेलमा पेनाल्टीमा निलो सदन फाइनलमा गएको  छ भने पँहेलो सदन र हरियो सदनको खेलमा हरीयो सदन फाइनलमा जान सफल भएका छन् । कार्यक्रममा भू.पू. विद्यार्थी विक्रम गुरुङले विदयालयलाई १० ओटा भलिवल, १० ओटा फुटबल गरी २० ओटा बलका साथै विद्यार्थी खेलाडीहरुलाई १५० पिस जुस प्रदान गरेका थिए । प्रतियोगिता अतिरिक्त क्रियाकलाप प्रमुख, खेलकुद संयोजक तथा शिक्षक राजकुमार सुवेदीको संयोजकत्वमा भएको थियो । बिहीबार हुने खेलमा तातो आलु, सम रेस, बेलुन फुटाउने, सुन्तला रेस, छात्र छात्रा भलिवल, सटपुट, १५००मि दौड, र फुटबल (फाइलन) हने विद्यालय प्रशासक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

यसैगरी लेखनाथ नगरपालिका वडा नं. १२, खुदी–ढुङ्गेपाटन स्थित गोल्डेन नेचर उच्च माध्यमिक विद्यालयमा विज्ञान प्रदर्शनी प्रतियोगिता सम्पन्न भयो । कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरू सहभागी उक्त प्रतियोगितामा अजय अधिकारी र सुमन क्षेत्री प्रथम, उज्ज्वल बिक्रम विश्वास र सञ्जय खत्रीे द्वितीय हुन सफल भए भने आबेग न्यौपाने र अर्जुन भुजेलले तृतीय स्थान प्राप्त गर्न सफल भए । कार्यक्रमको संयोजन शिक्षक मनुराज बराल र सुरेस भण्डारीले गरेका थिए ।






Post a Comment

 
Top