मौकामा हीरा फोर्नु बेमौकामा कौडी नछुनु भन्ने लोककथा आज निक्कै सान्दर्भिक हुदै गइरहेकोछ । एकातिर लोडसेडिङको मार, अर्का्तिर नाकाबन्दीको प्रहारले आहत हाम्रो अस्तव्यस्त दैनिकी छ । महसुल तिर्ने क्षमता भएकाहरूले आवश्यकताभन्दा बढी विद्युत उपभोग गर्ने हुनाले समग्र देशमा लोडसेडिङको भार थपिँदै जान्छ । अहिले मामाको धन फुपूको श्राद्ध भनेभैंm हरेक कुराको दुरुपयोग भैरहेको छ । सरकारी गाडीको दुरुपयोगका समाचारहरू खुवै आउछन तर सरकारी कार्यालय र आवासहरूमा विद्युत दुरुपयोगको कुनै लेखाजोखा हुँदैन । रित्ता कोठाहरूमा बत्ती बाल्नु त सामान्य कुरा हो, बढी विद्युत खपत गर्ने उपकरणहरूमा पनि कुनै नियन्त्रण छैन । आफ्नो स्वास्थ्यमा पर्ने प्रतिकूल असरको समेत ख्यालै नगरी बन्द कोठामा रातभर हिटर बालेर सुत्नाले पनि थप समस्या सिर्जना हुदैछ । क्षमता हुनेहरूले अत्यावश्यकीय वस्तुको दुरुपयोग गरिरहेका छन भने त्यसको अभाव सबैमा परिरहेको छ । यसबाट सर्वसाधारण र विपन्न वर्ग सवैभन्दा बढी मारमा पर्ने गरेका छन । अहिले सर्वसाधारण नागरिकसंग ष्स्विैकल्पिक उपाय छैन । सक्नेले अनावश्यक रूपमा विद्युत खर्च गर्दा नसक्नेहरूका चिसा रात अँध्यारा बनिरहेका छन । तर पनि हामीले आफ्नो दैनिक जीवनमा मितव्ययिता अपनाउन खोजीरहेका छैनौं । आज समपन्न नेपालीहरुका डस्टबिन खानेकुराले भरिएको छन भने कैयौं नेपालीका थाली अभावले रित्तिएका छन् । अझ विडम्बनाको कुरा त हाम्रो समाजमा खाना खाँदा भागमा भएको सबै खाए खानै नपाएको भन्लान् भन्ने डर पनि छ । हामीले हरेक कुरामा आफूलाई अरूभन्दा उच्च तहको देखाउन आफ्ना स्रोतसाधनको दुरुपयोग पनि गरिरहेका हुन्छौँ । कुनै पनि काम योजनावद्ध गर्न सकिरहेका छैनौं । आफ्नो समयको बचत तथा सदुपयोग कसरी गरिरहेका छौँ भनेर पनि समिक्षा गर्न तयार छैनौं । आज हामीकहाँ अरूका कुरा, त्यो पनि पछिल्लो पुस्ताका विचार सुनेर त्यसबाट प्रेरणा लिने व्यक्ति कमै देखिन्छन् । कुनै कुरा चित्त नबुझेर सम्झाउन खोज्यो भने परिवारमै पनि कत्ति न जान्नेसुन्ने भएको भन्दै हतोत्साही पारिन्छ । कसैले मितव्ययिताका कुरा गर्यो भने सकिन्छ त मेरै सम्पत्ति भन्ने धारणा पनि ब्यापक छ । यस्ता चिन्तनका विचबाट माथि उठेर वर्तमान संकटको निकास निकाल्न जरुरी छ र भविष्यमा पनि यस्ता संकटबाट टाढा रहने उपायको खोजी गर्नु पर्दछ । सानो कुरा भएपनि खाना बनाउनु अघि दिनभरका लागि के—के बनाउने हो, त्यसको पूर्वयोजना गर्ने, चुलो बाल्नुअघि नै पकाउने समान तयारी गर्ने, दाल, चामल तथा गेडागुडी राम्ररी भिजाउने, धाराको चिसो पानीभन्दा सोलार, हिटर अथवा भित्र राखेको तातो पानी प्रयोग गरेर खाना पकाउने, प्रेसर कुकर प्रयोग गर्दा सिटी बज्ने बेलामा आगो कम गरिदिने, राम्ररी सिटी नदिने अवस्थाको छ भने त्यसको माथि केही बेर दबाब दिएर सिटी लगाउने किनकि हावा बाहिर गैरहे खाना पाक्न समय र इन्धन दुबै बढी लाग्छ । खाना पकाउने समय केवल भान्सामा मात्र केन्द्रित हुने, विद्युतीय चुलो वा हिटर प्रयोग गर्दा पनि आवश्यकता अनुसार पावर घटबढ गर्ने, पकाएको खाना हटकेसमा राख्ने, सम्भव भएसम्म सबैले एकैपटक खाना खाने, अचार–तरकारी आदि परिकार एकैपटक बनाएर राख्ने, इन्धन अभावका बेला परिकार घटाउने र सम्भव भएसम्म प्रेसर कुकर प्रयोग गर्ने गरे समय र इन्धन दुबैको बचत गर्न सकिन्छ । लोडसेडिङको तालिका त छँदैछ, त्यसमा पनि विद्युतीय चुलो र बढी पावरका हिटरका कारण लोड थाम्न नसकेर बेला—बेलामा बिजुली गैरहन्छ । यस्ता विषयमा पनि ध्यान दिदै आफ्नो क्षेत्रबाट पनि संकट समाधानका लागि केही योगदान गर्न सकिन्छ, यतातर्फ पनि ध्यान दिन जरुरी छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment