0
गोल्डेन न्यूज संवाददाता
युनाइटेड क्लवद्वारा आयोजना हुने छैठांै पोखरा महोत्सव आगामी पुस ३० देखि माघ १० गतेसम्म गर्ने भएको छ ।  युवाको जांगर राष्ट्र निर्माणको आधार भन्ने मूल नाराका साथ स्थापना भइ पोखरामा नया पर्यटकीय गन्तब्य स्थान चिडियाखाना निर्माण गर्ने उद्देश्यका साथ अगाडि वढिरहेको क्लवले छैठौ  पोखरा महोत्सव आयोजना गर्नका लागि तयारी थालेको छ । मुलुकमा नाकाबन्दीले जनजीवन कष्ट भइरहदा भारतद्वारा आयोजित नाकाबन्दीलाई सामना गर्दै आफूहरुको महोत्सवलाई निरन्तरता दिने निर्णय गरेको क्लवका अध्यक्ष हिमालय बख्रेलले वताए । पर्यटन प्रवद्र्धन संगै सामाजिक सेवामा लागि परेकाले आफूहरुलाई नाकाबन्दीले असर नपार्ने र नाकाबन्दीका बावजुद पनि महोत्सवलाई सफल बनाएरै छाड्ने बख्रेलले दावी गरे । साधारणसभामा वोल्दै प्रभु बैंक अमरसिंह शाखाका प्रवन्धक दीपेन्द्र रावलले युनाइटेड क्लव छोटो समयमा पोखरामा नाम कमाउन सफल भएको वताउँदै पोखरा महोत्सवको छैठांै महोत्सवमा आफूहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रममा राष्ट्रिय लोक  दोहोरी प्रतिष्ठानका केन्द्रिय सदस्य चोलेन्द्र पौडेल, अमरसिंह महिला समूहकी अध्यक्ष सविता रंजीत श्रेष्ठ, राप्रपा नेपालका क्षेत्रीय संयोजक गीता गुरुङ, समाज सेवी सिद्धिबहादुर श्रेष्ठ लगायतले वोलेका थिए । साधारण सभामा अध्यक्ष हिमालय बख्रेलले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष राजु श्रेष्ठ र सविच लालकाजी गुरुङले कोषाध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।




Post a Comment

 
Top