0
गोल्डेन न्यूज संवाददाता
जिल्ला पशु सेवा कार्यालय कास्कीले जुनोटिक रोग सम्बन्धि सरोकारवालासँग छलफल गरेको छ । कार्यक्रममा सहभागीहरुले जिल्लामा जुनोटिक रोग भित्रिन नदिने प्रतिबद्धता जनाएका छन् । उबकजग उजयतयजिल्लामा जुनोटिक रोगबारे जनचेतना अभिवृद्धि गराई रोग नियन्त्रण गर्न उद्देश्यले संचालित अन्तरक्रिया कार्यक्रममा बर्डफ्लु, बुसोलोसिस, तमापटोस्पाईरोसिस, रेबिज, एन्थेरेस, जाईपनिज इन्सेप्लाटिस सहितका विभिन्न रोगहरु जुनोटिक रोगमा पर्ने भएकाले त्यसलाई नियन्त्रण गर्ने कार्य प्रारम्भ गरिएको कार्यालयले जनाएको छ । पशुबाट मानिसमा र मानिसबाट पशुमा सर्ने जुनोटिक रोग नियन्त्रणका लागि जिल्लाभरबाट नमुना संकलन गरि परीक्षण समेत गर्दै आएको भन्दै कार्यालय प्रमुख डा. राकेश प्रजापतिले आगामी दिनमा पनि यसको रोकथाम अत्याबश्यक भएकाले सबै सरोकारवाला सचेत हुनुपर्ने बताए । कार्यक्रममा कार्यालय प्रमुख प्रजापतिसँगै पशु चिकित्सक गणेश केसी, ठगेन्द्र प्रसाद अर्याल लगायतले जुनोटिक रोग र यसको रोकथाम सम्बन्धि कार्यपत्र समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा कास्की जिल्लाका ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता र प्राईभेट पाराभेटहरु सहित ६० जना भन्दा बढी सहभागी भएका कार्यालयका पशु चिकित्सक सुरेश कुमार श्रेष्ठले जानकारी दिए ।

Post a Comment

 
Top