0
पश्चिमाञ्चललाई केन्द्रित गरी साकार एकेडेमी पोखरा र चैतन्य इन्स्टिच्युट अफ म्यानेज्मेन्ट काठमाडौको संयुक्त आयोजनामा पोखरामा शुक्रबार (आज) देखि शाखा अधिकृत पदको विशेष तयारी कक्षा सुरु हुँदैछ । जनप्रिय बहुमुखी क्याम्पसको व्यवस्थापनमा पुस १० देखि १५ गतेसम्म हुने उक्त तयारी कक्षामा प्रथम चरणको पाठ्यक्रममा केन्द्रित रही कक्षा संचालन हुने साकार एकेडेमीका प्रबन्ध निर्देशक राजेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार उक्त कक्षामा १ सय ५० जना विद्यार्थी सहभागी गराइ विषयविज्ञले प्रशिक्षण दिने छन् । कक्षा बिहान १० बजेदेखि संचालन हुनेछ । यसअघि पनि पोखरामा साकार एकेडेमी पोखरा र चैतन्य इन्स्टिच्युट अफ म्यानेज्मेन्टको संयुक्त आयोजना तथा सामान्य प्रशासन मन्त्रालय र यूएनडीपीको सहयोगमा शाखा अधिकृत पदको निःशुल्क अभिमुखीकरण कक्षा सम्पन्न भैसकेको थियो । लोकसेवा आयोगले यस वर्ष समावेशीसहित झण्ड ६ सय पदमा विज्ञापन गरेको छ । प्रथम चरण उत्तीर्णपछि मात्र अन्य चरणमा प्रशिक्षार्थी सहभागी हुन पाउने व्यवस्था छ ।

Post a Comment

 
Top