0
जिल्ला सदरमुकाम दमौली बजार र आसपासका क्षेत्रमा रु २५ करोडको लागतमा व्याशनगर साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम अन्तिम चरणमा पुगेको हो । दोस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत उक्त आयोजनाका लागि नेपाल सरकार र उपभोक्ताको ५०÷५० प्रतिशत लागत रहेको छ । उपभोक्ताको ५० प्रतिशत २० वर्षभित्रमा फिर्ता हुने गरी लगानी गरिएको छ । विसं २०७० मा उक्त आयोजनाको कामको जिम्मा कन्सल्टेन्ट आइडिआ एस तथा इस्ट जेभीले पाएको भए पनि नाकाबन्दीले ढुवानीमा समस्या परेकाले आयोजना सम्पन्न गर्न ढिला भएको इन्जिनियर राधाकृष्ण चौधारीले जानकारी दिए । “दुई महिनाभित्र काम सम्पन्न हुन्छ” उनले भने । व्यासनगरपालिका–२, १० र ११ का पूरै र वडा नं १ का केही भाग समेट्दा करिब ६० किलोमिटर दूरीमा पाइप लाइन बिछ्याएको छ । उक्त आयोजना सम्पन्नपश्चात् तीन हजार घरधुरीका १९ हजार उपभोक्ता प्रत्यक्ष लाभान्वित हुने इन्जिनियर चौधरी बताउछन् । खानेपानीको पाइप लाइन बिछ्याउने कार्यसँगै उक्त क्षेत्रमा नाला पनि बनाउने कार्य भएको उनले जानकारी दिए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजन प्रमुख हरिदत्त पौडेलले आयोजनाको सम्झौताअनुरूपको काम भए÷ नभएको अनुगमन तथा निरीक्षण गरिँदै आएको बताए ।






Post a Comment

 
Top