0
संविधान घोषणा पछि खास गरी पहाडी समुदायमा खुुशियाली छायो । तर मधेशमा त्यसको विपरित आन्दोलन भयो । संविधान घोषणपश्चात् सरकार परिवर्तन हुने निश्चित थियो । सरकार परिवर्तन हुनै लाग्दा तय भएको प्रधानमन्त्री चुनावमा कांग्रेस सभापति सुशिल कोइराला र एमाले अध्यक्ष केपी ओली मैदानमा थिए ।
अनपेक्षित सुशिल कोइरालाको प्रधानमन्त्रीको उमेदवारी संगसंगै भारतको अधोषित नाकावन्दी अनि तराईको जनवीवनले पुुरै नेपालको जनवीवन अस्थव्यवस्त भयो । प्रधानमन्त्रीको चुनाव लगतै देशको राजनीतिक र आम जनतामा राष्ट्रवाद र राष्ट्रियताको तरङ्गले हलचल ल्यायो । सुशिल कोइरालालाई यही तरङ्गको कम्पनले अराष्ट्रवादी तत्वको बिल्ला भिरायो भने प्रधानमन्त्री केपी ओलीलाई राष्ट्रवादी नेता । विगतका योगदान र कामको मूल्याङ्कन गरी यसरी रातारात कोही राष्ट्रवादी त कोही विदेशी एजेन्ड बन्न पुगे । यद्यपि राष्ट्रवादको तरङ्गले ल्याएको कम्पनको पराकम्पन अझै बाँकी छ । हाम्रो देशमा राष्ट्रवादलाई भारतसंगको सम्बन्ध र उसले गरेको व्यवहारलार्ई हेरी व्याख्या गरिन्छ ।
भारतसंग सुरुङयुद्ध गर्ने, साइकल चढ्ने, छिमेकीलाई विस्तारवादी सामराज्यवादी भनि गाली गर्ने त हाम्रो राष्ट्रवादको विशेषता नै हो । वास्तवमा राष्ट्रवाद एउटा देशप्रेमी भावना मात्र होइन यो समाजलाई राजनीतिक, आर्थिक सामाजिक रुपले दिशानिर्देश गर्ने समाजवाद, पुँजीवाद, माक्सवाद जस्तै एउटा राजनीतिक दर्शन हो ।
हाम्रो देशमा राष्ट्रवाद आफ्नो कुटनीतिक असक्षतमा ढाकछोप गर्न तथा असफल नेतृत्वको ढाकछोप गर्न सरकारले जनतामाझ फैलाएको भ्रम बनेको छ । अहिले एउटा देश भित्र पहाडी र मधेशी गरी दुई वटा राष्ट्रियता देखा परेको छ । त्यसैले देशभित्र घन्किरहेको उग्रराष्ट्रवादले हामीलाई विभाजनतर्फ पनि लैजान सक्छ । सावभौम, स्वाधिन राष्ट्र नेपालभित्र बसोबास गर्ने हिमाली, पहाडी, मधेशी सबैको राष्ट्रियता नेपाली हो । प्रसिद्ध दार्शनिक लर्ड व्राइसले राष्ट्र र राष्ट्रियता शब्दको भिन्नता प्रष्ट पारेका छन्् । उनका अनुुसार राष्ट्रियता भाषा, साहित्य विचार रीतिरिवाज परम्परा आदि बन्धनमा बाँधिएको जनसमूहको नाम हो ।
यसले आफूलाई यस्तै प्रकारको अर्को जनसमूह भन्दा भिन्न प्रकारको जनसमूह भन्ने अनुुभव गर्दछ । राष्ट्रिय राजनीतिक रुपबाट संगठित भएको राष्ट्रियता हो जो स्वतन्त्र हुन्छ तथा स्वतन्त्र हुने इच्छा प्रकट गर्दछ । राष्ट्रवाद राष्ट्रप्रतिको प्रेम तथा निष्ठा हो यसले समग्र राष्ट्रिय भावनलाई अभिव्यत्त गर्दछ । साथसाथै संगठित एकीकृत तथा भावनात्मक शक्ति प्रदान गरी एउटै शुत्रमा आवद्ध गर्दछ । त्यसैले राष्ट्रवाद कुनै राष्ट्रको भावनात्मक सम्बन्धको संगठित अभिव्यक्ति हो र यो विचारहरुको संगठित रुप हो । यो एक प्रकारको सामूहिक भावना भएकाले विभिन्न प्रकारको एकता र समानता यसका आधार हुन् । यसको सम्बन्ध राजनीतिक शक्ति प्राप्ति र त्यसको विकाससंग रहन्छ । राष्ट्रवादका विभिन्न रुपहरुको प्रयोगले विश्वका इतिहासमा राष्ट्रलाई विखण्डन गर्ने काम र एकीकृत गर्ने दुवै काम गरेका छन् ।
युरोपमा भएको राष्ट्रवादको पुनःजागरणले गर्दा १९औं शताब्दीको मध्यतिर राष्ट्रवादको समर्थन गर्दै जनताले प्रतिक्रिया वादीहरु विरुद्ध क्रान्ति गरे यसैसमयमा जर्मनी र इटाली एकीकरण भयो र राष्ट्रिय राज्यका रुपमा स्थापित भए । बढी उदारवादी राष्ट्रवादका कारण राष्ट विखण्डन हुने सम्मको नियति राज्यले भोग्नुपर्ने हुन्छ । गान्धीको उदारवादी राष्ट्रवादले भारतबाट पाकिस्तान र बंगलादेश विखण्डन भई नयाँ राज्य बन्यो तर यस्तो राष्ट्रवादले एउटा देशका नागरिक र अर्का देशका नागरिक बीच भने सुुमधुर सम्बन्ध र व्यवहार राख्दछ ।
देशमा अहिले नाकाबन्दीको कारणले राष्ट्रियताको मुद्धा बुलन्द भएको छ । विभिन्न कालखण्डमा नेपालको राजनीतिलाई राष्ट्रियता र राष्ट्रवादले तरङ्गित बनाएको छ । खासगरी नेपाली राष्ट्रियता भन्ने बित्तिकै भारतसंग हुने उदार–चढावलाई हेरेर तुलना गरेर विश्लेषण गर्ने गरिन्छ ।
नेपालको भूराजनीतिक अवस्थिति र चारैतिर विश्व शक्तिमा उदियमान दुई छिमेकी चीन र भारतको बीचमा रहेको भुपरिवेष्ठित मुलुक नेपालले अब १९औं शताब्दि अगाडि युरोपमा प्रचलित उग्रराष्ट्रवादको प्रयोग गर्न सक्दैन । विभिन्न कालखण्डमा राजनीतिक एजेन्डाको भर्याङ चढी नेपाली राजनीतिको मूलधारमा स्थापित भएको दलहरुले आफ्नै खालको राष्ट्रवाद र राष्ट्रियताको परिभाषाले सम्रग नेपाली समाजलाई अन्योल बनाएको छ । जब भारतसंग नेपाली नेतृत्वको राजनीतिक संवैधानिक, वैचारिक र व्यापारिक मतभेद उत्पन्न हुन्छ । अनि नेपाली समाजमा राष्ट्रवादको नारा तरङ्गित हुन्छ । समयक्रम संगै यो बिलाएर जाने प्रवृत्ति बनेको छ । एउटा सामुद्रिक टापु जस्तो गरेर न नेपाले आफ्नो विदेश नीति तय गर्न सक्छ न छिमेकीसंगको सम्बन्ध पुनरावलोकन गर्न सक्छ ।
राजनीतिक, सामाजिक, आर्थिक सबै हिसाबले विश्वको मञ्चमा उदाउँदै गरेका दुई छिमेकी भारत र चीनको बीचमा रहेको भुपरिवेष्ठिक देशले सुमधुर र सन्तुलित सम्बन्ध राखी अगाडि बढ्नुको विकल्प छैन । एउटा छिमेकीको विकल्पमा अर्कोलाई प्रयोग गर्ने रणनीतिले नेपालले फाइदा लिन सक्दैन । छिमेकीको चासोलाई राष्ट्रिय हितको ख्याल गरी सम्बोधन गरी सुमधुर सम्बन्ध स्थापना गर्नु नै अहिलेको विश्वव्यापीकरणको समयमा उच्चतम प्रयोग भईरहेको राष्ट्रवाद हो । साइकल चढ्ने, सुरुङ युद्ध लड्ने दक्षिण छिमेकीसंग टाढिदा उत्तरतिर लम्पसार पर्ने कुुनै राष्ट्रवाद र राष्ट्रियता होइन यो त अराजक उग्रराष्ट्रवादबाट ग्रसित मानसिकता नै हो । राष्ट्रवादले व्यक्तिलाई राष्ट्रप्रति निष्ठावान बनाउन तथा भावनात्मक रुपमा सबैलाई एकीकृत गराउन प्रयास गर्दछ । राष्ट्रमा अनेक जातजाति धर्म, संस्कृति र भिन्न राजनीतिक आस्था राखेका मानिसहरु हुन्छन् ।
अहिले देशमा भएको मधेश आन्दोलनले एउटै देश नेपाल भित्र दुईवटा मधेशी र पहाडी राष्ट्रवाद देखिएको छ । अनेकतामा एकता र विविधता रहेको हाम्रो देश नेपाल अहिले विभाजित भएको छ । त्यसैले राष्ट्रवादको उचित तथा व्यवहारिक प्रयोग भनेको आफ्नो देशको उन्नति प्रगति र गौरवको लागि त्याग र बलिदानको भावना जगाउने र देश प्रेमको भावना विकसित गर्नको लागि हो । भारतबाट प्रतिलिटर १०४ रुपैयाँमा ल्याएर प्रयोग गर्न सकिने पेट्रोललाई चिनबाट २०० रुपैयाँमा प्रयोग गर्दैमा राष्ट्रवादी भईदैन । दक्षिण छिमेकीको हस्तक्षेपकारी नीतिले सधैं हेपिएको अनुूुति गरेको नेपाली समाजमा राष्ट्रवादका उग्र तथा आक्रामक भारत विरोधी नाराले जनताबीच लोकप्रिय बन्ने तर राजनीतिक मूलधारमा स्थापित भईसकेपछि पद प्राप्तिका लागि राष्ट्रियता र स्वाभिमानको ख्याल नगरी जतासुकै साँठगाँठ र सम्झौता गर्ने नेपाली राजनीतिक दलको विशेषता हुन् । त्यसैले हाम्रो समाजमा राष्ट्रवाद अझ उग्र बनेको छ र राष्ट्रियता विभाजन भएको छ ।
हाम्रो देश नेपाललाई कुनै महासागरको टापुु जस्तो गरी हेर्न मिल्दैन । त्यसैले विदेश नीति तय गर्दा होस या उखान टुुक्कामा राष्ट्रवादको नारा लगाउँदै गर्दा हामीले आफ्नो भू–राजनीतिक अवस्थितिको विशेष ख्याल गर्नै पर्दछ र छिमेकीका स्वार्थ के–के हुन भनेर स्पष्ट ठम्याउन पनि सक्नुपर्दछ । चीनको स्वार्थ खासगरी नेपालमा तिब्बतीलाई लिएर नेपालमा चीन विरोधी गतिविधि नहोस र युरोपेली तथा अमेरिकाको गतिविधि नेपालमा नबढोस् भन्ने हो, तर भारतको स्वार्थ भने प्रबल र प्रमुख छन् । नेपाल भारत खुल्ला सीमाना भएकाले आतङ्कवादसंग जोडिएको सुरक्षा चुुनौती तथा सिचाई र जलविद्युुतमा भारतको ठूलो स्वार्थ रहेको विभिन्न घटना क्रमले प्रष्ट पारिदिएको छ ।
त्यसका लागि नेपालको दक्षिण तराई भू–भागमा उसको बढी चासो हुन सक्दछ र उसले त्यहाँको प्रान्तीय सरकारलाई नियन्त्रण सञ्चालन गरी आफ्नो स्वार्थ पुरा गराउने अभिप्राय राखेको हुन सक्छ । छिमेकीहरुको जायज चासोलाई सम्बोधन गर्न व्यवस्थित कुटनीति अङ्गिकार गर्नुपर्दछ । त्यसैले छिमेकी संगको समस्यालाई उच्च कुटनीतिक पहलबाट हल गर्नुको साटो सरकार सञ्चालन गर्ने प्रतिनिधि नै जनतासंग विलाप गर्दै उग्रराष्ट्रवादको नारा लगाउदै हिंड्नुले नेपाली राष्ट्रवाद अन्योलको भूमरीमा परेको छ । वैदेशिक नीतिमा राष्ट्रिय साझा धारणा विकसित गरी छिमेकी संगको सम्बन्धलाई परिभाषित गरी राजनीतिक र कुुटनीतिक तवरबाट समस्या हल गर्नु नै आजको आवश्यकता हो ।
साभार ः समाचार पाटी



Post a Comment

 
Top