0
गोल्डेन न्यूज संवाददाता
शुभकामना महिला विकास केन्द्र पोखराले बाल विकास केन्द्र अन्तर्गत पोखरा–४ मा रहेको बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । बाल केन्द्रमा रहेका २१ जना बालबालिकालाई न्यानो कपडा वितरण गर्दै पोखरा ४ का वडा सचिव दुर्गा कोइरालाले नगर क्षेत्रमा रहेका श्रमिक अभिभावकका बच्चाहरुलाई स्याहारसुसार तथा प्रारम्भिक शिक्षाका लागि पोखरा उपमहानगरपालिकाले केन्द्रको शुरुवात गरेको बताए । परिवारको रेखदेख पु¥याउन नसकेका निम्न आय भएका बालबालिकाहरुलाई सहयोग गर्नु मानवीय कार्य भएकोले केन्द्रले न्यानो कपडा वितरण गरिएको केन्द्रका अध्यक्ष राधिका थापाले बताइन् । 
कार्यक्रममा केन्द्रका सल्लाहकार कृष्ण थापा, पदम कुमार माकाजु, पूर्व अध्यक्षहरु तीर्थ श्रेष्ठ, दुर्गादेवी लामिछाने, मिथिला मल्ल, पोखरा उद्योग वाणिज्य संघका पूर्व सदस्य बुद्ध गुभाजु, टोल समन्वय समितिका अध्यक्ष केशव ढकाल, सिद्धार्थ टोल विकास संस्थाका अध्यक्ष गोमा कोइराला सुवेदी लगायतले प्रत्यक्ष सेवामूलक कार्यमा सबै लाग्नुपर्ने बताए । 
केन्द्रका अध्यक्ष राधिका थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भवानी माकाजुले स्वागत, सचिव निर्मला लामिछानेले कार्यक्रम संचालन गरेका थिए । स्थानीय महिलाहरुद्वारा समाजिक रचनात्मक कृयाकलापहरु गर्न २०६३ मा स्थापना भएको संस्था हो ।



Post a Comment

 
Top