0
गोल्डेन न्यूज संवाददाता
 पोखराको सृजनाचोकमा रहेको गोल्डेन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो छैठौं वार्षिकोत्सवका अवसरमा शनिवार रक्तदान कार्यक्रमको आयोजना ग¥यो । रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमको उद्घाटन गर्दे प्रमुख अतिथि सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका प्रमुख प्राचार्य बद्रीनाथ अधिकारीले सहकारीले यस्ता रचनात्मक क्रियाकलाप गर्नु सकरात्मक रहेको बताए । संस्थागत, सामाजिक उत्तरदायित्व संझेर यस्ता प्रकारका गतिविधि गर्नुपर्नेमा उनले जोड दिए । संस्थाका अध्यक्ष गुणाखर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिव कृष्णप्रसाद पोखरेल र संचालन राजकुमार घिमिरेले गरेका थिए ।  संस्थाले बर्षेनी वार्षिकोत्सवका अवसरमा रक्तदान लगायतका विविध रचनात्मक कामहरु गर्दै आएको र भविष्यमा पनि गर्दै जाने प्रबन्धक ऋषिराम पौडेलले बताए ।


Post a Comment

 
Top