0
गोल्डेन न्यूज संवाददाता
कास्की जिल्ला ल्वाङघलेल निवासी नेपाली काँग्रेसका क्रियाशील सदस्य एवं नेपाली काँग्रेस इकाई सचिव कृष्ण दाहालकी ममतामयी माता लेखमाया दाहालको १३औंैं दिनको शोकसभा नेपाली काँग्रेसका ल्वाङघलेल इकाई सभापति सम बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका पूर्व सहायक मन्त्री प्रकाश गुरुङ्गले स्व.दाहालको नेपाली काँग्रेसको संगठन निर्माणमा महत्वपूर्ण भूमिका रहेको औंल्याउदै स्वच्छ, स्वाभिमान, इमान्दार र चरित्रवान कार्यकर्ता नै नेपाली काँग्रेसको पहिचान भएको बताए । नेपाली काँग्रेस कास्कीका सचिव कृष्ण के.सी.ले आगामी अधिवेशनबाट सही नेतृत्व प्राप्त गरे काँग्रेसको संगठन मजवुत हुने बताए । 
त्यसैगरी नेपाल तरुण दलका केन्द्रीय सदस्य ऋषिराम काफ्लेले स्व.दाहालले गरेका असल कामको अनशरण गर्नुपर्ने बताउँदै अबको अधिवेशनमा पार्टीको नेतृत्व युवामा हस्तान्तरण हुनेमा विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं.४ का सभापति आइबहादुर गुरुङ्ग, सहिद हरिबहादुर प्रतिष्ठानका सचिव टिकाबहादुर गुरुङ्ग लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ्ग, नेता पोषनाथ शर्मा, खुसीमान गुरुङ्ग, देवेन्द्र कुमार शेरचन, दीपक गुरुङ्ग, अधिवक्ता दीपक पौडेल, भरतजंग कुँवर, लोक घले, आशबहादुर गुरुङ्ग, अर्जुन पौडेल, कमला बराल, मनबहादुर वि.क.लगायतका नेताहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन इकाई सचिव तारानाथ अधिकारीले गरेका थिए । उक्त अवसरमा स्व.दाहालका छोरा कृष्ण दाहालले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।






Post a Comment

 
Top