0
कास्की देउराली गाविसमा रहेको श्री विश्व शान्ति उमाविले स्थापनाको  ५०आंै वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ । सभासद् तथा सांसद सिकास समितिका सभापति रबिन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गरिब तथा जेहन्दार र बार्षिक परीक्षा उत्तीर्ण विद्यार्थीहरु छात्रबृति तथा पुरस्कार वितरण गरिएको थियो । विद्यालयलाई योगदान गरेको भन्दै पूर्व विद्यार्थी डा. सुरेन्द्र कुमार श्रेष्ठ, शिक्षकहरु गेवराज शिल्वाल, रेशम लामिछाने, कृष्ण पौडल र हरिराज घिमिरे, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हस्तकुमार श्रेष्ठ, पूर्व प्रअ महेन्द्रकुमार श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रंममा बोल्दै प्रमुख अतिथि सभासद् तथा संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले विद्यालयमा राजनीति का नाममा विद्यालयलाई नै हानी पु¥याउने काम कसैले गर्न नहुने बताए । विद्यालयमा राजनीति हुन्छ र हुनुपर्दछ तर विद्यालयलाई नै धरासायी बनाउने गरि राजनीति गर्नु सबै भन्दा गलत हो–उनले भने। कास्कीको विकासका लागि आफू सँधै तयार रहेको बताउँदै सभासद् अधिकारीले देशमा संविधान जारी भैसकेको अवस्थामा विस्तारै विकास निर्माणका कार्यहरुले गति लिने बताए । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष प्रज्जवल शर्मा पगेनीको सभापतित्व भएको कार्यक्रममा विद्यालका प्रअ रामृष्ण सापकोटाले विद्यालयका बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।  कार्यक्रममा सम्मानित पूर्व विद्यार्थी श्रेष्ठले विद्यालयमा अध्ययनरत गरिब तथा जेहन्दार विद्यार्थीका लागि १ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका छन् ।


Post a Comment

 
Top