0
गोल्डेन न्यूज संवाददाता
 रोटरी क्लव अफ पोखराले “जाड़ोमा न्यानो कपड़ा“  कार्यक्रम अन्तर्गत तनहुँस्थित देवघाटमान रहेका करिब ३०० जना वृद्धवृद्धा,  असहाय, भूकम्प पीडितलाई कम्वल वितरण गरेको छ । देवघाट स्थित गलेश्वर आश्रमका मुख्य अतिथि रोटरी डिष्ट्रिक्क ३२९२ का निर्बतमान डिष्ट्रिक्ट गभर्नर रबीन्द्र कुमार पियाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।  कम्वल वितरण गर्दै कार्यक्रममा प्रमुख अतिथि पियाले रोटरी क्लव र रोटरियनहरु बिगत १ सय १० बर्षदेखि मानवताको सेवामा लागि रहेको र आउँदा दिनहरूमा पनि सक्रिय रूपमा स्वास्थ्य शिक्षा, पानी जस्तो आवश्यकीय योजनाहरूमा लाग्ने विश्वसा व्यक्त गरे । उनले देबघाट क्षेत्रमा रोटरीले “करूणालय“को नाममा बृद्धाआश्रम निर्माण गरी १० बर्ष देखि संचालन गरिरहेको समेत जानकारी दिए ।
क्लवका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सिग्देलले ६२ देखि १०४ बर्षका बृद्धहरूलाई कम्बल प्रदान गरी सेवा गर्न पाएकोमा र गलेश्वर आश्रमको अन्नभण्डारमा निःशुल्क भोजन उपलब्ध गराउन ४५ हजार  रुपैयाँ सहयोग गर्न पाएकोमा खुशि ब्यक्त गरे । उनले चांडै पोखरामा पनि रोटरीले बृद्धाआश्रम निर्माण गर्ने र सहयोगलाई निरन्तरता दिने बताए । रोटरीले गलेश्वर आश्रमको अन्न क्षेत्रबाट संचालित अन्न भण्डारले दैनिक ७ सय जना बृद्धबृद्धाहरू लाई निःशुल्क भोजन उपलब्ध गराऊदैँ आएको छ ।
 
कार्यक्रमको संचालक एवं क्लवका पूर्व अध्यक्ष किरणलाल श्रेष्ठले “जाड़ोमा न्यानो लुगा’’ कार्यक्रम अन्तर्गत नेपालमा यस बर्ष रोटरी क्लब पोखराले बृद्धबृद्धाहरूलाई १ हजार ५०० जोर कम्बल र १ हजार ५०० जोर स्कुल स्वीटर र १ हजार ५०० जÞोर मोजÞा भूकम्प पीडित क्षेत्रका र गÞरीब असहाय बालबालिकालाई प्रदान गरीने लक्ष्य रहेको बताए । कार्यक्रमको संयोजन गणेशमान सिंह भण्डारीले गरेका थिए ।

Post a Comment

 
Top