0
राजाराम पौडेल÷गोल्डेन
नेपाली साँगीतिक क्षेत्रमा स्थापित हुन संर्घषरत लोक दोहोरी गायक केशव घिमिरेको लोकप्रियता विस्तारै बढ्दै गएको छ । आजभन्दा झण्डै ३० वर्ष अगाडी कार्किनेटा वडा नं.७ पर्वतमा बुबा चन्द्रकान्त र मुमा कलावति घिमिरेको कान्छो सन्तानको रुपमा उनको भएको हो । बाल्यकालदेखिनै गीत संगीतमा उनको रुचि थियो । बुबा पण्डित भएकोले पनि उनले बुबासँगै विभिन्न भजनकिर्तनका कार्यक्रममा जाने अवसर प्राप्त गरे । यस्ता कार्यक्रममा भजन उनले गाउने गर्दथे । हुन त स्कुलमा हुने कार्यक्रममा भागलिई आफ्नो प्रतिभा देखाउने अवसर उनलाई पटक–पटक मिल्न पुग्यो । यस्ता कार्यक्रममा आफ्नो प्रस्तुती सुनाउदा पाएको सकारात्मक प्रतिक्रियालेनै यो क्षेत्रमा अगाडि बढ्न उनलाई उत्पेरणा मिलेका हो । 
वि.स. २०५६ सालमा पर्वतबाट उनको आगमन सुन्दर नगरी पोखरामा भएसँगै उनको प्रतिभाले फल्ने, फुल्ने र फक्रने अवसर प्राप्त ग¥यो । हुन त उनको पोखरा आगमनको उद्धेश्य साँगीतिक क्षेत्र नभई व्यवसाय थियो । पोखरा आएसँगै रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्रको कार्यक्रम देउरालीमा पटक–पटक उनले सहभागीता जनाए । यो कार्यक्रममा प्रतिभा सुनाउदाँ पाएको पेरणाले उनको यो क्षेत्र तर्फको लगाव बढेर गयो । साँगीतिक क्षेत्रमा केहि गर्न सक्छु भन्ने दृढता उनमा बढेर गयो । अनि आफुमा निखारता प्रदान गर्न पोखराको त्रिवेणी संगीतालयमा भर्ना भै संगीत सिक्न उनले थालेका थिए । यहि समयमा उनले पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्न थालेका थिए । यसरी अध्ययन, व्यवसाय र साँगीतिक क्षेत्र तीनवटैलाई सँगसगै उनले अगाडि बढाए ।
वि.स. २०६२ सालबाट औपचारीक रुपमा नेपाली साँगीतिक क्षेत्रमा उनको आगमन भएको हो । उनले आवाज भरेको पहिलो गीत ‘देख्न मन लाइ रहन्छ’ हो । यो गीत उनको पहिलो एल्बम जेलमा थुनेनी मा समावेश छ । जुन गीतमा आवाजमा देवी घर्तीले उनलाई साथ दिएकी छन् । तीन गीत समावेश यो पहिलो एल्बमबाटनै उनले धेरै माझ चिनिने अवसर पाएका थिए । सबै गीतको शब्द र लय संकलन घिमिरेलेनै गरेका थिए । ‘जेलमा थुनेनी’ बोलको गीतमा पुरुषोत्तम न्यौपाने र विमाकुमारी दुराले आवाज भरेका थिए । यसै एल्बममा रहेको ‘म रुदै छु’ बोलको गीतमा उनको एकल आवाज रहेको थियो । सत्य घटनामा आधारित गीत समावेश भएको पहिलो एल्बमबाट उनको चर्चामात्र हैन एल्बम विक्रि पनि राम्रो भयो । वि.स. २०६४ सालमा ‘किन्दिउला म चुरा’ बोलको गीत श्रोतामाझ पस्केका उनलाई यो गीत मार्फत पनि चर्चा बढ्यो । वि.स. २०६५ मा उनको शब्द र लय रहेको ‘रुन्छु बाह्रै महिना’ बजारमा आयो । जुन गीतमा आवाज प्रदिप त्रिपाठी र देवी घर्तीले भरेका थिए । वि.स. २०६७ मा ‘मुकुन्देको बाहु’ मार्फत पनि उनले लोकप्रियता बढाए । लय र शब्द संकलन उनकै रहेको यो गीतमा आवाज घिमिरे र राधिका हमालले भरेका थिए । यो वर्षनै उनको शब्द लय संकलमा ‘झरे आँशु कति’ बोलको दोहोरी गीत पनि बजारमा आएको थियो । वि.स.२०६८ मा ‘आकाशमा जुनतारा’ बोलको गीत पनि संगीत प्रेमकिो रोजाइमा परेको थियो । हुन त उनले बजारमा ल्याएको पञ्चेबाजाको गीत ‘अहिले बिहे गर्ने हो’ र एकल गीत ‘चाहे र काल आउँदो रहेन्छ’ को लोकप्रियता झनै बढेको थियो ।
वि.स. २०७० मा आएको ‘चट्ट सारी मिलाएर लाउन’ बोलको तीज गीतले उनलाई पुनः चर्चामा ल्यायो । शब्द, लय उनको रहेको यस गीतमा आवाजमा लक्ष्मी बरारले साथ दिएकि थिइन् । वि.स. २०७१ को तीजमा ल्याएका ‘नारी त लक्ष्मी हुन्’ र ‘आमाले पकाको खाम्ला मिठो दर’ को चर्चा अझसम्म उस्तै छ । नारी त लक्ष्मी हुन बोलको गीतमा केशव र लक्ष्मी बरालको आवाज थिायो भने आमाले पकाको खाम्ला मिठो दरमा पुर्णकला विसि र केशव घिमिरको आवाज थियो । दुवै गीतको शब्द र लय संकलन भने घिमिरेके हो । यहि वर्ष ‘धर्ती फाट्ला आकाश फाट्दैन’ गीत उनको लय र कृष्ण अञ्जान ज्ञवालीको शब्द सिर्जनामा बजारमा आएको थियो । जुन गीतमा आवाज केशव घिमिरे र टिका पुनले भरेका थिए ।
वि.स. २०७२ को सुरुवातमा ‘आधिखोला तरेर’ बोलको गीत पस्केका उनले यो गीतको मयुजिक भिडियो अब बनाउने तयारी गरेका छन् । उनको शब्द, लय  र आवाजमा आएका ‘अलि अलि साहुको ऋण’ र ‘देउसी भैलो’ गीत पनि दर्शक श्रोतामाझ लोकप्रिय छन् । अलि अलि गीतमा लक्ष्मी बराल तथा देउसी भैलो गीतमा निसा पोखरेल प्रदिप त्रिपाठीले आवाजमा साथ दिएका छन् । वि.स.२०६५ बाट निरन्तर रुपमा तीजका गीत दर्शक श्रोतामाझ पस्किएका उनी तीजका गीत मार्फतनै बढि परिचित छन् । उनका २० भन्दा बढि तीज गीत हालसम्म बजारमा आइसकेका छन् । चन्दन डिजिटल म्युजिक, चन्दन क्याटरिङ, चन्ददन रेष्टुरेन्टको सञ्चालक रहेका उनी लोक दोहोरी गीत प्रतिष्ठान धौलागीरी लगायत विभिन्न संघसंस्थामा आवद्ध छन् । हाल सम्म ४० भन्दा बढी गीतको शब्द लय सिर्जना उनले गरेका छन् ।
कार्यक्रमको शिलशिलामा पोखराका अलावा, पर्वत, म्याग्दी, बाग्लुङ, स्याङजा, चितवन, काठमाण्डौ, लमजुङ लगायतका नेपालका विभिन्न ठाउँमा उनी पुगिसकेका छन् । लोक दोहोरी गीतमा विकृति थपिएकोमा उनी चिन्तित छन् । ‘लोक दोहोरमिा भविष्य छ तर विकृति भित्रियो’ उनले भने । सबै मिलेर लोक गीतलाई जोगाउनु पर्ने उनको भनाइ छ । ‘दोहोरी गीत प्रतिष्ठानले पनि विकृति भित्रन नदिन प्रभावकारी काम गर्नुपर्छ’ उनले थपे । 
यो क्षेत्रको बारेमा बुझेर लाग्ने हो भने भविष्य राम्रो रहेको उनको तर्क छ । छिटो कमाउन खोज्ने हो भने गाह्रो हुने भन्दै मेला महोत्सवमको जिम्मा लिनेले पालैपालो सबै कलाकारलाई अवसर दिनुपर्ने उनले बताए । हाल लोक दोहोरी गीतको विकृति रोक्न सेन्सर आवश्यक रहेको उनको भनाइ छ । ‘दोहोरी गीतमा विकृती भित्राउनेलाइृ व्याण्ड गर्नुपर्छ’ उनले भने । अब छिट्टैनै पञ्चेबाजा, दोहोरी, झ्याउरे, रोइला लगायतका गीत दर्शक श्रोतमाझ पस्कने योजना उनले बनाएका छन् । 



Post a Comment

 
Top