0
गोल्डेन न्यूज संवाददाता
गण्डकी साहित्य संगम पोखराको १३औं साधारणसभाले डा. कृष्णराज अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा लोकबहादुर थापा, सचिवमा नारायण मरासिनी र कोषाध्यक्षमा विजया सुवेदी छन्। यस्तै, सदस्यहरूमा भीम रानाभाट, छवि सुवेदी ‘विजयी’, परशुराम कोइराला, पद्यराज ढकाल, कल्पना चिलुवाल, फडिन्द्र अकिञ्चन र ताराप्रसाद तिमिल्सिना छन्। नविनियुक्त अध्यक्ष डा. अधिकारीले सबैलाई समेटेर प्रगतिवादी साहित्यको उत्थान र विकास लाग्ने प्रतिवद्धता व्यक्त गरे।संस्थाका सल्लाहकार कुलप्रसाद खनालको अध्यक्षतामा सल्लाहकार द्वय रघुनाथ अधिकारी र टेकनाथ बराल सदस्य रहेको अध्यक्ष मण्डलले निर्वाचन सम्पन्न गरेको हो। साधारणसभामा संस्थाका कोषाध्यक्ष नारायण मरासिनीले आर्थिक प्रतिवेदन र सचिव राजेन्द्र पौडेलले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाका सल्लाहकार टेकनाथ बरालले नयाँ संस्कार र संस्कृति निर्माणमा वाङ्मयकर्मीले भूमिका खेल्नु पर्ने बताए। सल्लाहकार रामराज रेग्मीले संस्थाको उद्देश्यअनुरुप कार्य सञ्चालन गरी युवा पुस्ता र अग्रज दुबैलाई समेट्न आग्रह गरे। अर्का सल्लाहकार रघुनाथ अधिकारीले संस्थालाई नयाँ पुस्तालाई स्कुलिङ प्रदान गर्ने र पुरानो पुस्ताले बौद्धिक बहस गर्ने मञ्च बनाउन सुझा दिए। उनले भने–‘यहाँ प्रस्तुत हुने रचनामा म मक्र्सवादको प्रतिबिम्ब चाहन्छु। नयाँ पुस्ता उल्लेख्यरुपमा आउनै पर्छ।’ संस्थाका सचिव राजेन्द्र पौडेलले संस्थालाई अन्य जिल्लामा पनि विस्तार गर्नु पर्ने आवश्यकता औंल्याए। उनले प्रगतिवादी मान्यता हुने साहित्यकारहरूलाई मात्र संस्थाको उद्देश्य अनुरुप सदस्यता वितरण गर्नु पर्नेमा जोड दिए। कार्यक्रममा प्याब्सनका केन्द्रीय सल्लाहकार डोलराज पाण्डे, अग्रज कलाकार यादवचन्द्र भुर्तेल, संस्थापक अध्यक्ष कुलप्रसाद खनाल, साहित्यकार पोषनाथ पौडेलले बोलेका थिए। सो अवसरमा काजी गाउले, अर्जुनकुमार ढकाल, रमा प्राशर, अम्बिका भण्डारी, लोकनाथ पुडासैनी, नारायणप्रसाद बास्तोला, शिवबहादुर बराललगायतले रचना वाचन गरेका थिए। कार्यक्रममा अग्रज कलाकार यादवचन्द्र भुर्तेलले आफ्ना बुबा आमा चक्रपाणि÷ नन्दकलीको स्मृतिमा एक लाखको अक्षय कोष स्थापना गर्ने घोषणा गरे। यस्तै, साहित्यकार पोषनाथ पौडेलले आफ्नै नामका एक लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरे। दुबै अक्षयकोषबाट पुरसकार स्थापना गरिने जनाइएको छ। संस्थाका अध्यक्ष नारायण परिश्रमीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र पौडेल र स्वागत उपाध्यक्ष डा. कृष्णराज अधिकारीले गरेका थिए।

Post a Comment

 
Top