0
पोखरा ६ बैदामस्थित न्याश्नल ईन्भेन्टिभ उच्च माविमा ‘लैङ्गिक हिंसा समस्या र समाधान’ विषयक मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता बुधबार सम्पन्न भएको छ । लैङ्गक हिंसा विरुद्ध १६ दिने अभियानको सन्दर्भ पारेर आयोजना गरिएको उक्त प्रतियोगितामा कक्षा ८ देखि १० सम्मका कुल २२ जना छात्रछात्राहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा कक्षा १० योगेन्द्र राना प्रथम हुन सफल भएका छन् । यस्तै कक्षा ८ का रजनी शाही द्वितीय, कक्षा १० कै स्वस्ती अधिकारी तृतीय, कक्षा ८ ‘क’ का दिपिका भट्टराई र ८ ‘ख’ का रिवाज दाहालले सान्त्वना स्थान हासिल गरेका छन ।       विजयी विद्यार्थीहरुलाई वधाई ज्ञापन तथा पुरस्कार वितरण गर्दै कार्यक्रमका अध्यक्ष एवं विद्यालयका संस्थापक प्राचार्य उमा लामिछानेले लैङ्गिक हिंसा घरघरबाटै सुरु हुने हुँदा यसको अन्त्य पनि घरघरबाटै हुनुपर्ने र अन्त्यका लागि सवै तह र तप्काबाट सक्षम र जागरुक हुनुपर्नेमा जोड दिए । उनले यस किसिमका प्रतियोगिताहरुमा भाग लिन सम्पूर्ण विद्यार्थीहरुलाई अभिप्रेरित समेत गरे । विद्यालयका सहप्राचार्य तथा नेपाली विभाग प्रमुख विक्रम पौडेलले कार्यक्रम माथि प्रकाश पार्दै समालोचना गरेका थिए । कक्षा १० का छात्राद्वय अपेक्षा पौडेल र स्वस्ती अधिकारीले सञ्चालन गरेको कार्यक्रममा शिक्षिकाहरु लिला महत, लक्ष्मी आचार्य र विष्णु श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।


Post a Comment

 
Top