‘हेलो’ उताबाट अस्पष्ट आवाज आयो।
‘हेलो’ म खसखसाँए ।
‘हेलो, हेलो’ फेरि उताबाट अस्पस्ट आवाज आयो।
अँ, भन्नुहोस् न, को बोल्नुभयो ? (मैले भनें।
‘हेलो, म कैलाश !’ (उसले आफ्नो नाम बतायो।
‘अँ....’ मैले नचिने जस्तो गरें।
‘अरे यार मलाई चिनिनस्, के छ? उसले भन्यो।
ठीकै छ भनें। मलाई उसले फोनमा यार भनेको मन परको थिएन ।
‘सन्चै छस्, अनि के गर्दैछस्?’ (उसले आत्मियता देखायो। सञ्चा ेबिसञ्चो कुरा भए। उ मेरो स्कुल पढ्दाको साथी कैलाश रैछ। धेरै समयदेखि हाम्रो सम्पर्क भएको थिएन। केहीबेरपछि उस्ले भन्यो–एउटा सहयोग माग्नुपर्यो भनेर तिमीलाई सम्झेको।
‘’भन् न, मैले गरेर हुन्छ भने गरूँला नि ! मैले भने।
‘साँच्चै हो?’ उसले अविश्वास देखायो।
पेट्रोल र डिजल बाहेक जस्तो सुकै सहयोग गर्न तयार छु( मैले भनें ।
‘कस्तो बाठो! पहिल्यै कुरो उछिनिन्ने! मैले खासमा पेट्रोलको लागि कुरा गर्न खोजेको । लौन यार मलाई साह्रै नै समस्या पर्यो। धेरै पर्दैन २० लिटर जति भए पुग्छ–उसले भन्यो।
जम्मा २० लिटर मात्रै ! म आश्चार्यमा परें। उसको भनेअनुसार २० लिटर पेट्रोल मानौं २० दाना आँप हो ।
‘अरू कुरा भए म सहयोग गर्न तयार छु, तर पेट्रोलको व्यवस्था गर्न म सक्दिनँ’ मैले प्रस्टसँग भनें ।
साथीभाइ भनेको यस्तै बेलामा त हो नि! (उसले कुरा तन्कायो।
उसको कुरा सुनेर मेरो रिसको पारो तात्यो( साथीभाइको महत्व मलाई पनि थाहा छ । तर न मसँग पेट्रोलको भण्डार छ न म निजी पेट्रोल पम्पको मालिक हुँ र?
“नजिकको साथी भनेर पो भनेको त ! परेको बेलामा त्यती सहयोग गर्न सक्दैनस्, मूला भनेर उसले फोन काट्यो।
उसले मेरो फोन नम्बर कहाँबाट पायो? आत्मीय साथी सम्झेको भए पहिला पनि फोन गर्न सक्थ्यो, भेटघाट हुन सक्थ्यो। मेरा मनमा तर्कना खेल्न थाले( फोन गरेर यति लिटर पेट्रोल चाहियो भन्न सक्ने कत्रो आँट? अझ म पेट्रोल पम्पको कर्मचारी भएको भए के भन्दो हो !
स्कुलमा उ र म एकदम मिल्ने साथी थियौं । एसएलसी परीक्षापछि हामी छुट्टिएका थियौं। उ अलि मुडी स्वाभावको थियो । सहयोगको भीख माग्ने तर तुरून्तै बिर्सेने उसको एउटै कमजोरी थियो । म अलि खरो र इखालु स्वाभावको थिएँ।
उसले मलाई बाराम्बार फोन गर्न थाल्यो। ऊ परिवारसहित काठमाडौंमा डेरामा बस्दो रैछ। प्राइभेट कम्पनीको जागिरले जेनतेन गुजारा गरिरहेको उसले बतायो। उसले मलाई फोनमा एकदिन फोनमा भन्यो–तैंले ठाउँमा भएर पनि जाबो १५÷२० लिटर पेट्रोल मिलाउन सक्दैनस्?“
सक्दिन कसरी भनुँ , दुई चार दिन त पख“ (मैले थप विश्वास दिलाउदै भनें।
‘ल ल जसरी भएपनि मिलाउनुपर्छ नि, अहिले फोन राखें’ उसले भन्यो।
पेट्रोल पाइने आशामा म पनि बाइक लिएर पम्पतिर लागें। पम्पमा मोटरसाइकलको लाइन आँखाले नभ्याउने थियो। रातभरको अनिँदोपन परेलामा बोकेर कोही मोटरसाइकलमै निदाइरहेका, कोही कारभित्रै तीनपत्तीमा रमाइरहेका त कोही पेट्रोल भर्न हतारिइरहेका थिए। कोही भगवानको प्रसाद स्वरूप सौभाग्यले प्राप्त एकचौथाइ पेट्रोल भरेर फुरूक्क पर्दै बाटो लाग्दथे। मानौं उनीहरूले कुनै भीमकाय यूद्ध भर्खर जिते।
म त्यहाँ एकछिन पनि अड्न सकिनँ । त्यो रामरमिता हेर्न पटक्कै सकिन र त्यहाँबाट तुरून्त फर्किएँ ।
हप्तादिन पछि उसले फेरि फोन गयो र भन्यो( पेट्रोल त तैंले व्यबस्था गर्न सकिनस् सकिनस्, ग्यासको त व्यवस्था गर यार, क्यास त म मिलाइहाल्छु नि, साह्रै समस्या परिसक्यो।
‘बरू मेरो मोटरसाइल नै लैजा। एउटा साथीको लागि म पेट्रोलको साटो रगत पनि दिन तयार छु, मलाई विश्वास गर । मैले तैंले भनेको जस्तो सजिलै पेट्रोलको व्यवस्था गर्न पनि सकिनँ’ मैले लाचार हुँदै भनें।
‘मुखले ठीक्क नपार, पेट्रोलसँग रगतको के सम्बन्ध? मलाई पेट्रोल भए हुन्छ, रगतको के काम ! बरू तँ नचढ्ने भए मलाई दे तेरो मोटरसाइकल, ठीकै छ मोटरसाइकलमै चित्त बुझाउनुपर्ला ? (उसले भन्यो।
उसलाई मैले मोटरसाइकल दिएर आफू साइकल चढ्ने सोझो निर्णय गरें। एकदिन म साइकलमा चढेर बजार गइरहेको थिँए । सडकमा सवारीको चाप प्रायः न्यून थियो । मलाई पछाडिबाट कसैले धक्का दियो। म अचानक साइकलबाट लड्न पुगें । मोटरसाइकलवाला हुत्तिएर पारी पुग्यो। त्यसपछि के भयो मलाई भएन ।
साइकलबाट उछिट्टिएको मान्छे पछि म होशमा आउँदा टिचिङ अस्पतालमा थिएँ। टाउको र शरीरमा चोट लागेको थियो। अस्पतालै आफ्नो घटनाबारे पत्रिकामा समाचार पढेपछि थाहा पाएँ मलाई पछाडिबाट ठक्कर दिने मेरै मोटरसाइकल रैछ। अस्पतालबाट डिस्चार्ज भएपछि उसलाई फोन गरें। उसकी श्रीमतीले भनिन्–उहाँको टिचिङ अस्पताल उपचार भइरहेको छ। अवस्था गम्भीर छ।
म टुप्लुक्क पुग्दा ढुंगा खोज्दा देउता मिले झैं भयो मेरो उपस्थिति । सघन कक्षमा उसको अवस्था ज्यादै गम्भीर भएको थियो । उसलाई यंखभ रगत दिने मान्छेको अत्यन्त जरूरी परेको थियो।
मैले केही नसोची रक्तदान गरें। रक्तदानको क्षण मलाई त्यही कुराको याद भयो जुन बेला मैले उसलाई भनेको थिँए कि एउटा साथीको लागि म पेट्रोलको साटो रगत पनि दिन तयार छु।’ उसले प्रतिउत्तरमा भनेको थियो–मलाई पेट्रोल भए हुन्छ, रगतको के काम !
तर समयले कहिले रगतलाई पेट्रोलभन्दा महंगो बनाइदिन्छ त कहिले पेट्रोललाई रगतभन्दा महंगो। उसलाई पेट्रोल दिन नसकेपनि रगत दिएर ज्यान जोगाउन पाएकोमा मन त्यसै खुसीले भरियो।
(सेतोपाटीको साहित्यपाटीबाट साभार गरिएको)

Post a Comment