0
गोल्डेन न्यूज संवाददाता
तमु ल्होसारको अवसरमा पोखरा १० बुद्धशान्ति मार्गमा जारी कंग्युर पाठ तथा तोनागघोसुम पूजा पांचौ दिन पनि जारी रहेको छ । पांचौ दिनसम्म आइपुग्दा गुम्बामा भक्तजनहरुको उल्लासमय सहभागीता रहेको गुम्बाले जनाएको छ । विगत १५ वर्षदेखि निरन्तर आयोजना गर्दै आइरहेको कंग्युर पाठ तथा तोनागघोसुममा पोखरा र आसपासका छिमेकी जिल्लाका भक्तजनहरुको उल्लासमय सहभागीता रहेको गुम्बाका लामा गुरु फुर्वा लामाले बताए। लामा फुर्वाका अनुसार कंग्युर पाठ अवधिभर भक्तजनहरु वर्ग फिर्ने वेलामा विभिन्न कष्ट बाधाहरु हटेर जाओस भनी पुजामा सहभागी हुने गरेका छन । त्यसका लागी पोखरा र आसपासका छिमेकी जिल्लाहरु बाट समेत भक्तजनहरुले सहभागिता जनाउने गरेको उनको भनँइ रहेको छ ।
विश्वमा घटिरहेको हत्या, हिंसा र आतंकको अन्त्य भइ विश्वमा शान्ति फैलियोस, वर्तमान असहज परिस्थिति, अन्त्य भइ दिगो शान्ति स्थापना होस र गत वैशाखमा आएको भूकम्प तथा बाढीपहिरोमा परेर मृत्यु भएकाहरुको आत्माले शान्ति पाओस भन्ने कामना गर्दै यो वर्ष १५ औ संस्करणको कंग्युर पाठ तथा ग्रह शान्ति तोनाग घोसुम पुजाको आयोजना गरिएको गुम्बाले जनाएको छ । नेपाल गुरुङ लामा समुह केन्द्रीय कार्यालय बौद्ध शान्तिमार्गको नेतृत्व रहेको पुजामा घान्द्रुक ब्रेज मेश्रो तमु समाज, टांसी छ्योएलिङ गुम्बाका ब्रत आमा समूह, आठ भाइ बाह्र घर प्ल्हनेरो भाईखलक र आठ घर बाह्र घर प्ल्हनेरो रिह्चमी चेलीबेटीको सहयोग रहेकोे आयोजकले जनाएको छ ।





Post a Comment

 
Top